• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

देवनगरकाे वन्यजन्तु उद्दार केन्द्रलाई चिडियाखाना बनाइदै


बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित

चितवन– भरतपुरको देवनगरमा निर्माणाधीन वन्यजन्तु उद्धार केन्द्रसँगै चिडियाखानासमेत बनाइने भएको छ। भरतपुर भ्रमण वर्षको अवसरमा पर्यटकलाई बाघ लगायतका वन्यजन्तु देखाउन चिडियाखाना निर्माण गरिने भएको हो।

Advertisement

उद्धार गरिएका वन्यजन्तुलाई पर्यापर्यटनसँग जोडेर आम्दानी समेत गर्ने गरी योजना अघि बढाइएको हो। भ्रमण वर्षका अवसरमा भरतपुर महानगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जलाई यहाँ आउने पर्यटकलाई बाघ देखाउने वातावरण मिलाईदिन आग्रह गरेको थियो। महानगर प्रमुख रेनु दाहालले देवनगरमा निर्माण भइरहेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ, गैँडा, चित्तल लगायतका जनावर देखाउने गरी चिडियाखानाका रुपमा विकास गर्न लागिएको बताइन्।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत, संरक्षण अधिकृत लगायतको टोलीसँग दाहालले बुधबार स्थलगत अध्ययन र छलफल गरी देवनगरमा चिडियाखाना बनाउने विषयको छलफल भएको बताइन्। “पूर्वाधार निर्माण भइरहेको रहेछ, थप पूर्वाधारका लागि महानगरले आवश्यक सहयोग गर्न तयार छ।” उनले भनिन् “भ्रमण वर्षसँगै महानगरमा बाघ, गैँडासहितका वन्यजन्तु देख्ने गरी चिडियाखाना सञ्चालनमा आउँछ।”

चितवन आउने निकै कम पर्यटकले मात्रै बाघ देख्ने गरेको जनाउँदै उनले भ्रमण वर्षसँगै चिडियाखाना सञ्चालनमा आएपछि सबैले बाघ देख्न पाउने बताइन्। यसलाई खुल्ला चिडियाखानाका रुपमा क्रमशः विकास गर्नेगरी योजना बनाइएको छ। सो ठाउँलाई घाइते वन्यजन्तु राख्नका लागि विकास गरिँदै छ। घाइतेसँग त्यहाँ हिंस्रक वन्यजन्तुसमेत राख्ने योजना निकुञ्जको थियो।

प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका सो ठाउँमा कम्पाउण्ड वालको केही काम भइसकेको छ। प्राविधिक कर्मचारी बस्ने आवास बनिसकेको छ। चित्तल, मृग जस्ता जनावर राख्ने ठाउँ बनाइएको छ । हात्तीका लागि तीन वटा सेड निर्माण भएका छन्।

बाघ राख्ने दुई वटा खोर निर्माणका लागि बोलपत्र आह्वान भइसकेको उनले बताए। यसका अतिरिक्त अत्यावश्यक अन्य संरचना निर्माणका काम अघि बढाइने उनले बताए। उनले भने “भरतपुर महानगरपालिका र निकुञ्ज सहकार्य गरेर थप संंरक्षण बनाउँछौँ।” यससँगै चितवन आउने पर्यटकका लागि बाघ देखाउन सकिने उनले बताए। हाल निकुञ्जको मुख्यालय कसरामा तीन वटा बाघ खोरमा रहेका छन्। सौराहा क्षेत्रमा थप दुई वटा खोरमै राखिएका छन्। प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले निकुञ्जभित्र राखिएका ती बाघलाई उद्धार केन्द्र देवनगरमा खोरको व्यवस्था गरी देखाउन सकिने बताए।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले नियन्त्रणमा लिएर राखिएका बाघलाई पालेर राख्नु मात्रै भन्दा पर्यटकीय गतिविधिसँग जोड्दा पर्यटक र आम्दानी दुवै बढ्ने बताए। सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भ्रमण वर्षका रुपमा मनाउन लागेको छ। भरतपुर नेपालकै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण महानगर हो।

निकुञ्ज आउने पर्यटकहरुमध्ये खर्चिला पर्यटक महानगरभित्रकै मेघौली, पटिहानी, जगतपुर क्षेत्रमा बस्ने गर्छन्। निकुञ्जको यसै क्षेत्रमा बढी सङ्ख्या एकसिङ्गे गैँडा, बाघ लगायतका वन्यजन्तु पाइन्छन्।

बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.