काठमाडौं– सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम र निजी सेवा प्रदायक कम्पनी एनसेलले ब्यालेन्स चेक लगायतका लागि एउटै यूएसएसडी कोड प्रयोगमा ल्याएका छन्।
Advertisement
अबदेखि ब्यालेन्स चेक, रिचार्ज र ब्यालेन्स ट्रान्सफरका लागि दुवै कम्पनीमा समान यूएसएसडी नम्बर डायल गर्दा हुने भएकाे छ।
नेपाल दूरसञ्चार प्राधिकरणकाे दूरसञ्चार सेवामा प्रयोग हुने शर्ट कोड र टोल फ्रि नम्बर व्यवस्थापन कार्यविधिअनुसार जारी गरेको बाध्यकारी व्यवस्थाले दुवै कम्पनीले एउटै यूएसएसडी ल्याएका हुन्।
दुवै कम्पनीले रिचार्ज गर्नका लागि १२२, ब्यालेन्स ट्रान्सफर गर्न १३३ र ब्यालेन्स चेक गर्न १४४ यूएसएसडी नम्बरको व्यवस्था गरेका हुन्।
अब दुवै कम्पनीका ग्राहकले एकै कामका लागि छुट्टाछुट्टै नम्बर याद गर्नुपर्ने बाध्यता हटेकाे छ।