काठमाडौं– साताको चाैथाे दिन बुधबार सुनचाँदी दुवैको मूल्य घटेकाे छ।
Advertisement
आज बजारमा छापावाल सुन तोलामा १०० रुपैयाँले घटेर १ लाख ११ हजार २०० रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। मंगलबार छापावाला सुन ताेलाकाे १ लाख ११ हजार ३०० रुपैयाँ काराेबार भएकाे थियाे।
त्यस्तै तेजाबी सुन आज तोलामा १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार तेजाबी सुन ताेलामा १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियाे।
आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएकाे छ। आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा काराेबार भइरहेकाे छ। मंगलबार चाँदी ताेलाकाे १ हजार ३८० रुपैयाँमा काराेबार भएकाे थियाे।