• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

फेवातालमा पशुपतिनाथको झल्को !


आइतबार, साउन १४, २०८० मा प्रकाशित

पोखरा- प्रकृति एवं संस्कृतिले भरिपूर्ण पोखराको गतिविधि हेर्न आउने पर्यटकको घुइँचो लाग्ने गरेको छ।

Advertisement

सराङकोटबाट सूर्योदयको झुल्को अन्नपूर्ण, माछापुच्छ्रेलगायत हिमशृंखलामा परेको मनोरम दृश्यावलोकनबाट भ्रमणको शुभारम्भ गरेका पर्यटक मठमन्दिर, तालतलैया, गुफा, झरना, खोच तथा संग्रहालय अवलोकनपश्चात साँझ भने सन्ध्या आरतीमा सहभागी हुन्छन्।

फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको समिप बाराही घाटमा प्रत्येक दिन साँझ तीनजना युवा पण्डितबाट संगीतमय धुनमा हुने सन्ध्या आरती सबै धर्मावलम्बी र विभिन्न उमेर समूहको रोजाइमा पर्ने गरेको छ।

पछिल्लो समय पोखरामा आरतीलाई अर्को पर्यटकीय गन्तव्यका रूपमा लिन थालिएको तालबाराही महाआरती व्यवस्थापन समितिका अध्यक्ष मंगलबहादुर नेपालीले बताए।

उनका अनुसार आरतीमा धुप, घिउ, ल्वाङदानी, कपुर, मयुरपंख, सेतोचमर, अलैंची दाना, लाछीधागो, फूलपातीलगायत विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिन्छ। शंख ध्वनिबाट शुभारम्भ गरी सहभागी भक्तजनले पण्डितबाट टीका र प्रसाद ग्रहण गर्दै आरती लिएपछि समापन हुन्छ।

भारतको काशीबाट तीनजना पण्डितसहितका सामग्री ल्याएर २४ असोज ०७५ घटस्थापनाको दिनदेखि शुरु गरिएको आरती निरन्तर सञ्चालन हुँदै आएको उनको भनाइ छ। हाल पोखराका पण्डितद्वारा आरती सञ्चालन हुँदै आएको छ।

‘धार्मिकको माध्यमबाट फेवातालमा बारम्बार हुने दुर्घटना न्यूनीकरण गर्ने आरतीको प्रमुख लक्ष्य हो,’ नेपालीले भने, ‘आरती सञ्चालन गर्न मासिक दुई लाख खर्च हुन्छ, भक्तजनबाट सहयोग प्राप्त भएको हुँदा ‘त आँट म पुर्‍याउँछु’ भन्ने युक्ति चरितार्थ भएको छ।’

पशुपतिनाथ महाआरतीको झल्को दिने तालबाराहीबाट सञ्चालन गरिएको आरती पछिल्लो समय पोखराको प्रसिद्ध धार्मिक क्षेत्र विन्ध्यवासिनी मन्दिर, सदाशिव हरिहर मन्दिर महतगौडा, गुप्तेश्वर गुफा, नर्वदेश्वर मन्दिर, रामघाट, बेगनासतालमा समेत सम्पन्न भइसकेको समितिका उपाध्यक्ष ढाकाबहादुर थापाले जानकारी दिए।

आर्थिक अवस्थाका कारण आरती सञ्चालन गर्दा चुनौती नै थियो, भक्तजनको साथ र सहयोगले नै आज पाँच वर्षसम्म निरन्तरता पाएको छ। ‘जहाँ धर्म त्यही धन’ भन्ने युक्तिलाई आरतीले पुनः चरितार्थ गरेको उनले बताए।

पर्यटक तथा स्थानीय बासिन्दाका लागि दिनभरिको व्यस्तता एवं तनाव व्यवस्थापनका लागि साँझमा हुने आरती एक साधन बन्ने अर्का उपाध्यक्ष जुना अधिकारी बताउँछिन्। आरतीलाई निरन्तरताका लागि स्थापना भएको अध्यक्ष कोषमा १२ लाख संकलन भएको छ।

पोखरा-१५ गलेश्वरमा खानेपानी व्यवसाय सञ्चालक सन्नि केसीले आरतीस्थल बाराहीघाटमा ट्रस्टको छाना निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। १२ साउन शुक्रबार आरतीमा सहभागी बनेका उनले पानी पर्ने मौसममा आरतीमा सहभागी पण्डित तथा भक्तजनका लागि सुविधा पुर्‍याउने उद्देश्यका साथ आफ्नो निजी खर्चमा ट्रस्ट निर्माण गरिदिने इच्छा भएको बताए।

आइतबार, साउन १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

भर्खरै

  • १.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • २.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ३.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ४.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ५.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • ६.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ७.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ८.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.