काठमाडौं- नवलपरासी(पूर्व) विनयीत्रिवेणी गाउँपालिका-३ भुटुकेस्थित सडकमा लु.२ ख ४७०८ नम्बरको टिपर सोमबार दिउँसो दुर्घटना हुँदा टिपर चालक मकवनपुर मनहरी गाउँपालिका-१ बस्ने ३४ वर्षीय प्रकाश थिङको घटनास्थलमै मृत्यु भएको छ ।
Advertisement
धनुषा विदेह नगरपालिका-६ तिनकौरिया चोकमा ज.१० प ८०४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ एकराही बस्ने ६५ वर्षीय विश्वा मण्डल खत्वेको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।