• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु


सोमबार, पुष १२, २०७८ मा प्रकाशित

काठमाडौं- काठमाडौं, सर्लाही, कपिलवस्तु, पाल्पा र डोल्पाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

Advertisement

काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२-०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय राजमान तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एनएमसि अस्पताल जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाही ईश्वपुर नगरपालिका-९ खोरीया टोलस्थित भित्री सडकमा प्रदेश २-०२-००३ प ७७१३ नम्बरको मोटरसाइकलले पैदलयात्रीहरूलाई ठक्कर दिई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बरहथवा नगरपालिका-१० शान्ति टोल बस्ने ३५ वर्षीय मुकेश सिंह दनुवारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै मोटरसाइकलको ठक्करबाट घाइते भएका २ जना पैदलयात्रीको सिद्धिविनायक अस्पताल बयलबासमा उपचार भइरहेको छ ।

कपिलवस्तु कृष्णनगर नगरपालिका-१ स्थित सडकमा युपि५५के ०४८० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१ मडाहा बस्ने ६५ वर्षीया सरस्वती अहिरको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको शिबराज अस्पताल बहादुरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

पाल्पा तिनाउ गाउँपालिका-३ अर्घाछापस्थित सडकमा लु.४९ प २०७७ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही तिलोत्तमा नगरपालिका बस्ने ३८ वर्षीय टिका रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।  ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

डोल्पा मुडकेचुला गाउँपालिका-७ गाडापारी भन्ने स्थानमा लु.३ त १६२५ नम्बरको ट्याक्टर पल्टिएर आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५० वर्षीय जंग सार्कीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार २ जनालाई उपचारको लागि स्थानिय स्वास्थ्य चौकी पठाइएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सोमबार, पुष १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.