• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

 गत आर्थिक वर्षमा सर्वाधिक कमाई गर्ने सात नेपाली चलचित्र


शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित
काठमाडौं चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९÷८० मा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रले गरेको कमाईको तथ्याङ्क सार्वजनिक गरिएको छ । सो तथ्याङ्कअनुसार स्वदेशी ५७ र विदेशी ७८ चलचित्र प्रदर्शन भएका छन् । स्वदेशी ५७ चलचित्र प्रदर्शन भएबापत रु ७६ करोड ७२ लाख ५७ हजारको व्यापार भएको छ ।
स्वदेशी चलचित्रतर्फ सर्वाधिक व्यापार गर्न सफल चलचित्रको सूचीमा हेमराज विसीले निर्देशन गर्नुभएको ‘छक्का पञ्जा ४’ पहिलो स्थानमा छ । बोर्डको विवरणअनुसार छ लाख २९ हजार सात सय ५० टिकट बिक्री भएबापत ‘छक्का पञ्जा ४’ को रु १७ करोड ५२ लाख ९९ हजार एक सय ५९ ग्रस व्यापार भएको छ ।
हास्यकलाकारको समूहले टेलिशृङ्खलामा पाइरहेको लोकप्रियतालाई ठूलो पर्दामा ल्याउन अभिनेता दीपकराज गिरीले ‘६ एकान ६’ मार्फत चलचित्र निर्माण सुरु गर्नुभएको थियो । त्यसपछि ‘वडा नम्बर ६’ हुँदै ‘छक्का पञ्जा’ निर्माण गरेको समूह अहिले यसकै शृङ्खलालाई अगाडि बढाइरहेको छ ।
सर्वाधिक कमाई गर्ने दोस्रो स्थानमा उपेन्द्र सुब्बाले निर्देशन गर्नुभएको चलचित्र ‘जारी’ रहेको छ । शनिबार प्रदर्शनको सय दिन पूरा गर्ने चलचित्रको गत असार ३१ सम्म बोर्डको विवरणअनुसार छ लाख १९ हजार दुई सय २१ टिकट बिक्री भएबापत रु १७ करोड १७ लाख ९९ हजार १८ ग्रस व्यापार भएको छ ।
सर्वाधिक कमाई गर्ने सूचीको तेस्रो स्थानमा सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गर्नुभएको ‘प्रेमगीत ३’ रहेको छ । ‘प्रेम गीत’ को तेस्रो शृङ्खलाका रूपमा ‘प्रेम गीत ३’ नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको थियो । चलचित्रको नेपाली भाषामा दुई लाख ६९ हजार आठ सय आठ टिकट बिक्री भएबापत रु सात करोड ७० लाख ३५ हजार पाँच सय ५८ र हिन्दी भाषामा ८३ हजार एक सय ६९ टिकट बिक्री भएबापत रु दुई करोड २७ लाख २९ हजार आठ सय ६७ को ग्रस व्यापार भएको छ ।
चौथो नम्बरमा प्रदीप भट्टराईले लेखन तथा निर्देशन गर्नुभएको चलचित्र ‘महापुरुष’ रहेको छ । चलचित्रको दुई लाख ४७ हजार सात सय २८ टिकट बिक्री भएबापत रु सात करोड ३८ लाख ९१ हजार नौ सय २० को ग्रस व्यापार गरेको छ ।
पाँचौँ स्थानमा रहेको दीपेन्द्र लामाले लेखन तथा निर्देशन गर्नुभएको चलचित्र ‘दुई नम्बरी’ को एक लाख ४१ हजार सात सय १३ टिकट बिक्री भएबापत रु तीन करोड ८४ लाख ७५ हजार सात सय ७० को ग्रस व्यापार भएको छ ।
यस्तै छैटौँ स्थानमा रहेको रामबाबु गुरुङले निर्देशन गर्नुभएको चलचित्र ‘फूलबारी’ को एक लाख २६ हजार पाँच सय ४९ टिकट बिक्री भएबापत रु तीन करोड ५३ लाख २० हजार चार सय ७९ को ग्रस व्यापार भएको छ ।
सार्वजनिक विवरणमा सर्वाधिक व्यापार गर्ने सातौँै स्थानमा रहेको ज्ञानेन्द्र देउजाले निर्माण तथा निर्देशन गर्नुभएको चलचित्र ‘झिङ्गेदाउ’ को एक लाख २२ हजार तीन सय २७ टिकट बिक्री भएबापत रु तीन करोड ४१ लाख १३ हजार दुई सय २३ ग्रस व्यापार गरेको छ ।
बोर्डले सार्वजनिक गरेको तथ्याङ्कले पनि दर्शकले स्वदेशी चलचित्रतर्फ मौलिक विषयवस्तुलाई रुचाएको प्रस्टिएको छ ।

Advertisement

शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.