• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

बराहक्षेत्र नगर अस्पतालमा प्रसूति सेवा नहुँदा गर्भवतीलाई समस्या


मङ्गलबार, साउन ०२, २०८० मा प्रकाशित

सुनसरी– बराहक्षेत्र नगरपालिका द्वारा सञ्चालित बराहक्षेत्र नगर अस्पतालमा प्रसुती सेवा उपलब्ध नहुँदा तत्काल अप्रेसन गरेर बच्चा जन्माउनुपर्ने महिलाहरुलाई समस्या भएकाे छ।

Advertisement

बराहक्षेत्र नगरपालिकाको केन्द्र विन्दु चक्रघट्टीमा रहेको साे अस्पतालमा दैनिक एक सय ७५ देखि दुई सय ५० को सङ्ख्यामा सेवाग्राहीहरू आउने गरेका छन्। तर हालसम्म पनि अस्पतालले प्रसुती सेवा उपलब्ध नगराउदा तत्काल अप्रेसन गर्नुपर्ने गर्भवतीलाई पनि अन्यत्र लानुपर्ने बाध्यता भएकाे हाे।

नगर अस्पतालको छेउमै रहेको महेन्द्रनगर हेल्थ पोष्टले सुत्केरी (वर्थिङ सेन्टर)को सुविधा दिइरहेको छ। साे वर्थिङ सेन्टरमा ३ जना स्वास्थ्यकर्मीले साधारण डेलिभरी गराउने सेवा दिइरहेका छन्।

घर नजिक नगर अस्पताल भएरपनि प्रसूति व्यथा लागेका महिलालाई अप्रेसन गरेर बच्चा जन्माउन बि.पि.स्वा.वि.प्रतिष्ठान धरान तथा कोशी अञ्चल विराटनगर जानुपर्ने बाध्यता रहेको स्थानिय प्रदिप कार्कीले बताए। “महिला दिदि बहिनिहरुको प्रशव पिडाको आवाज कसले सुन्ने? कसले आवाज उठाउने हो? अकालमा कसै दिदि बहिनिको मृत्यु भयो भने कसैले जिम्मेवारी लिने हो?” उनले प्रश्न गरे।

२४ सै घण्टा ३ जना स्वास्थ्यकर्मीले पालैपालो गरि नियमित रूपमा प्रसुती सेवा सुविधा दिदै आइरहेको र सुत्केरी गराउने १ वटा मात्र बेड रहेको हुदा १ भन्दा बढी सुत्केरी हुन आएमा भुईमा राखेर पनि सेवा दिईरहेको महेन्द्रनगर हेल्थ पोष्टकी सिनियर अनमी सोभा भण्डारीले बताइन्।

आर्थिक अवस्था कमजोर भएका विपन्न महिलालाई साधारण डेलिभरी गराउन नसकेमा कोशी अञ्चल अस्पताल विराटनगर रिफर गरेर पठाउने गरेको भण्डारीले बताइन्।

कमजाेर आर्थिक अवस्थाका परिवारलाई सुत्केरी गराउन लैजादा र ल्याउदा सवारी साधनदेखि औषधी उपचारसम्म आर्थिक भार थपिएकाे स्थानीय चित्र राई बताउँछन्। “नगर अस्पतालले दिनु पर्ने प्रसुती सेवा सुविधाको बारेमा कसले चासो ध्यान दिने हो? यसमा सम्पुर्ण राजनीति दल सरोकार राख्ने निकायको ध्यान जान जरुरी छ।” उनले भने।

बराहक्षेत्र नगरपालिकाभित्र चतरा अस्पताल, नगर अस्पताल गरि १४ वटा स्वास्थ्य केन्द्र छन। जसमा ४ वटा मात्र वर्थिङ सेन्टर छन्।

नगर अस्पतालमा ३ जना एम.वि.विएस. डाक्टर, २ जना एच.ए लगायत स्वास्थ्यकर्मी र कर्मचारी गरेर ४१ जना जनशक्ति कार्यरत छन्।

अस्पतालले वर्षको ३६५ दिनै बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म ओपिडी सेवा र आकस्मिक सेवा दिँदै आइरहेको र २४ सै घण्टा इमरजेन्सी, ल्याब,फार्मेसी, भिडियो एक्स-रे सुबिधा उपलब्ध गराइरहेको स्वास्थ्यकर्मी प्रमोद यादवले बताए।

मङ्गलबार, साउन ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

भर्खरै

  • १.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • २.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ३.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ४.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ५.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ६.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ७.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ८.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.