• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

हिमालयलाई पाइपमा बन्द गर्ने योजना


    Avatar photo
शुक्रबार, असार २९, २०८० मा प्रकाशित

भारत (बीबीसी)- भारतका महाराष्‍ट्रसहितका इलाका खडेरीको चपेटामा छन्। पानी संकट हटाउन विभिन्‍न योजना बहसमा आइरहेका छन्। त्यसमध्येको एउटा हो, हिमतालको पानी पाइपलाइनबाट खेतसम्म पुर्‍याउने।

Advertisement

महाराष्‍ट्र राज्य सरकारको उद्योग, खनिज र पर्यावरण मन्त्रालय तथा जलसम्पदा विभागका केही अधिकारीहरूले बनाएका हुन् उक्त महत्त्वाकांक्षी योजना। त्यसप्रति केन्द्रीय सरकारको खास रुचि देखिएको छ। केन्द्र र महाराष्‍ट्र राज्य सरकारलाई पत्र लेखेर नागपुरको विश्‍वेश्‍वरैया नेसनल स्कुल अफ टेक्नोलोजी (बीएनआईटी)का निर्देशकले त्यसबारे शोध तयार पार्न आग्रह गरेको निकै भइसक्यो।

बीएनआईटीबाट एमटेक गर्दै गरेका विदर्भका वरिष्‍ठ इन्जिनियर प्रशान्त जनबन्धुले त त्यसबारे शोध नै तयार पारिसकेका छन्। उनको भनाइमा हिमालयमा नौ हजार ५७५ वटा हिमताल छन्, जसको क्षेत्रफल २६ हजार चार सय १३ किलोमिटर छ। सबैबाट गरी एक हजार दुई ९२ घनकिलोमिटर पानी उपलब्ध हुन्छ। त्यसलाई खेत-खेतमा पुर्‍याउन साढे १२ लाख करोड लागतमा ५५ वटा बाँध निर्माण गर्नुपर्ने उनको सुझाव छ। ती बाँधबाट भारतभर पाइपलाइनको सञ्‍जाल बिछ्याउने प्रस्ताव उनको छ।

त्यसबाट १३२.८३ मिलियन हेक्टर कृषियोग्य जमिनमा सिँचाइ पुग्‍ने जनबन्धुको दाबी छ। त्यस क्रममा ५० हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने दाबी पनि उनको छ। बीएनआईटीका सिभिल इन्जिनियरिङ विभागका सहायक प्राध्यापक अभिनाश वासुदेवको भनाइमा उक्त अवधारणा नदीहरू जोड्ने योजनाभन्दा सस्तो पर्छ। बिजुलीको प्रयोग नै नगरी बेकारमा बगिरहेको हिमालयको पानी पाइपलाइनबाट ल्याउन सकिने उनको भनाइ छ। भाडिया इन्स्टिच्युट अफ हिमालयन जियोलोजीका वरिष्‍ठ वैज्ञानिक डा. डीपी डोभाल त्यस्ता कुनै योजनालाई शुरुवाती विचार मान्छन्। उनका अनुसार हिमतालबाट पर्याप्त पानी प्राप्त गर्न सम्भव भए-नभएको यकिन छैन।

हिमालयमा पहाडी गाउँमा समेत सुक्खायाममा पानीको संकट रहन्छ। वाटरम्यानका रूपमा ख्याती कमाएका म्यागासेसेद्वारा सम्मानित राजेन्द्र सिंहलाई उक्त प्रस्तावप्रति सन्देह छ। ‘नदीहरूलाई पाइपमा बन्द गर्नु ठीक होइन,’ उनी भन्छन्, ‘प्रकृतिसँग ज्यादा छेडछाड पर्यावरणका लागि नोक्सानदायी हुन्छ। नदीहरूलाई स्वाभाविक ढंगबाट बग्‍न दिनुपर्छ।’

शुक्रबार, असार २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो
ह्यारी–मेघनको शाही हैसियत यथावत्
विश्‍व घटना : नेपालमा जेन-जी विद्रोह र विध्वंश
इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु
रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता

भर्खरै

  • १.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • २.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ३.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ४.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ५.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ६.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ७.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

  • ८.
    ह्यारी–मेघनको शाही हैसियत यथावत्

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.