• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु


    Avatar photo
सोमबार, भदौ २२, २०८३ मा प्रकाशित

लेबनान-  लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी लेबनानको एउटा गाउँमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित ११ जनाको मृत्यु भएको छ । यसअघि भएका छुट्टाछुट्टै आक्रमणमा थप सात जनाको मृत्यु भएको जनाइएको छ ।

Advertisement

इजरायलले बिहीबार हिजबुल्लाहको नियन्त्रणमा रहेको रणनीतिक महत्वको ‘अली अल–ताहेर’ पहाडी क्षेत्र कब्जामा लिएको दाबी गरेपछि दक्षिणी नबातिह क्षेत्रमा आक्रमण तीव्र पारेको हो । इरानसमर्थित हिजबुल्लाहले भने उक्त दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन ।

इरानको समर्थनमा रहेको हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि मार्चमा लेबनानमा पुनः द्वन्द्व चर्किएको थियो । जुनमा वासिङ्टन र तेहरानबीच भएको समझदारी तथा सोही महिनाको अन्त्यतिर इजरायल र लेबनानबीच भएको रूपरेखा सम्झौतापछि लडाइँ केही मत्थर भएको थियो ।

तर इजरायलको विदेश मन्त्रालयले सोमबार हिजबुल्लाहले बारम्बार ड्रोन आक्रमण गरेको र दक्षिण लेबनानमा आफ्नो सैन्य क्षमता पुनःनिर्माण गर्ने प्रयास गरेको आरोप लगाएको छ ।

मन्त्रालयले हिजबुल्लाहले इजरायल र लेबनानबीच भएको युद्धविराम सम्झौताको उल्लङ्घन गरेको बताएको छ । उक्त सम्झौतामा हिजबुल्लाहलाई निशस्त्रीकरण गर्ने प्रावधानसमेत समावेश छ ।

लेबनानको आधिकारिक नेसनल न्युज एजेन्सी (एनएनए) का अनुसार, नबातिह नजिकैको फार रुम्मानमा रातभर भएको आक्रमणमा तीनतले आवासीय भवन ध्वस्त हुँदा नौ जनाको मृत्यु भएको थियो ।

आक्रमणमा लक्षित एउटा गाडीमा रहेका दुई उद्धारकर्मीको पनि मृत्यु भएको एनएनएले जनाएको छ । एएफपीका एक फोटोग्राफरका अनुसार भवन पूर्ण रूपमा ध्वस्त भएको थियो भने भग्नावशेषमा विद्यालयका किताब र फर्निचरका टुक्रा छरिएका थिए ।

सोमबार बिहान उद्धार टोलीहरूले भग्नावशेष हटाउँदै अन्य पीडितको खोजी गरिरहेका थिए । द्वन्द्वका कारण विस्थापित भएका फार रुम्मानका बासिन्दा जुनमा भएको युद्धविरामपछि घर फर्किएका थिए । “यहाँ फर्किएदेखि नै हामी डरको वातावरणमा बाँचिरहेका छौँ”, स्थानीय बासिन्दा फुवाद चाकारोनले एएफपीलाई बताउनुभयो ।

उहाँका अनुसार आक्रमणमा परेको भवनमा “कसैसँग कुनै सम्बन्ध नभएका शान्तिप्रिय मानिसहरू” बस्दै आएका थिए ।

आक्रमणपछि छिमेकीहरू घर छाडेर भागेका थिए । एएफपीका फोटोग्राफरका अनुसार विस्फोटका कारण आसपासका अन्य भवनमा समेत क्षति पुगेको थियो ।

इजरायलले फार रुम्मानमा आक्रमण गर्नुअघि कुनै चेतावनी जारी नगरेको जनाइएको छ । तर नजिकैको देइर जाहरानीमा भएको अर्को आक्रमणअघि भने बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश दिइएको थियो ।

इजरायली सेनाका अनुसार उसका सैनिकलाई लक्षित गरी विस्फोटक बोकेको ड्रोन प्रहार गरिएको थियो । सेनाले “हिजबुल्लाहको आतङ्कवादी गतिविधिले इजरायली रक्षा बल (आईडीएफ) लाई उनीहरूविरुद्ध कडा कदम चाल्न बाध्य पारेको” बताएको छ । घटनामा कुनै इजरायली सैनिक घाइते भए वा नभएकोबारे भने सेनाले जानकारी दिएको छैन ।

सेनाले अरबी भाषामा जारी गरेको सन्देशमा आफूले हिजबुल्लाहको आतङ्कवादी अखडा लक्षित गरिरहेको भन्दै उक्त क्षेत्रमा रहेका मानिसहरू जोखिममा रहेको चेतावनी दिएको थियो ।

एनएनएका अनुसार चेतावनी जारी भएको २२ मिनेटपछि इजरायली आक्रमणमा देइर जाहरानीस्थित एउटा भवन ध्वस्त भएको थियो ।

आइतबार लेबनानका राष्ट्रपति जोसेफ आउनले इजरायली आक्रमण रोक्न सहयोग गर्न अमेरिका र अन्तरराष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको थियो ।

बेरुतका अनुसार मार्चदेखि लेबनानमा भएका इजरायली हवाई तथा स्थल आक्रमणमा चार हजार ३०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

इजरायली सेनाले सीमा क्षेत्रमा लेबनानभित्र करिब १० किलोमिटर (६ माइल) सम्म फैलिएको आफ्नो स्वघोषित सुरक्षा क्षेत्रमा कारबाही जारी राखेको छ ।

सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला
सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का
बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो
ह्यारी–मेघनको शाही हैसियत यथावत्
राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

भर्खरै

  • १.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • २.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ३.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ४.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

  • ५.
    ह्यारी–मेघनको शाही हैसियत यथावत्

  • ६.
    राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

  • ७.
    सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ८.
    एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.