• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

पार्वती मन्दिरले थपियो अर्जुनधारा धामको आकर्षण


मङ्गलबार, असार २६, २०८० मा प्रकाशित

झापा– ‘पूर्वको पशुपतिनाथ’ उपमा पाएको झापाको अर्जुनधारा जलेश्वर धाममा पार्वती मन्दिर र १०८ शिवलिङ्ग निर्माण भएपछि धार्मिक तथा पर्यटकीय आकर्षण थपिएको छ।

Advertisement

अर्जुनधारा नगरपालिका-७ मा रहेको प्रसिद्ध यस धाममा देश विदेशबाट बर्सेनि १० लाखभन्दा बढी धार्मिक पर्यटक दर्शनका लागि आउने गरेका छन्। महाभारतकालमा अर्जुनले पर्जन्य अस्त्र प्रहार गरी भूमिगत जलधारा निकालेको किंवदन्तीका आधारमा धामको नाम अर्जुनधारा रहन गएको हो।

धामको मूल मन्दिर दक्षिणतिर पार्वती माताको भव्य मन्दिर र १०८ शिवलिङ्ग स्थापना गरिएको हो। बिर्तामोड नगरपालिका-३ निवासी कमल बस्नेत र झुमा बस्नेतले एक करोड ५० लाखको निजी लगानीमा पार्वती मन्दिर र शिवलिङ्ग निर्माण गरिदिएको धाम सञ्चालक समितिका कोषाध्यक्ष मनोज जोशीले बताए।

“धामको गुरुयोजनामा पार्वती मन्दिर र १०८ शिवलिङ्ग बनाउने कुरा समावेश थियो। हामी दाताको खोजीमा थियौँ। त्यही बेला बस्नेत दम्पती आउनुभयो र आफ्ना बुबाआमाको स्मृतिमा बनाउँछौँ भन्नुभयो।” जोशीले भने।

नवनिर्मित संरचना मन्दिरलाई हस्तान्तरण भइसकेको छ। अर्जुनधारा मन्दिरमा मूलतः शिवको पूजा आराधना गरिने हुँदा भक्तजनबाट पार्वती माताको मन्दिरको माग हुँदै आएको थियो। अब शिवको मन्दिर (मूल मन्दिर) र पार्वतीको मन्दिर नजिकै स्थापना भएपछि दर्शनार्थी प्रसन्न भएका जोशीले बताए।

शिवलिङ्ग राखिएको स्थानमा प्रवेशद्वारबाट अघि बढ्दै जाँदा १०८ वटै शिवलिङ्गको दर्शन पूरा गरिसकेपछि मात्र बाहिरिन सकिने व्यवस्था मिलाइएको छ। पार्वती मन्दिरको छानो प्यागोडा शैलीमै निर्मित छ।

विसं २०२२ मा एउटा हात सूर्य भगवानलाई चढाएको बताउने सल्यानका नरनाथ मिश्र नामक ‘सन्त खडे बाबा’ ले स्थापना गरेको शिवालयको परिष्कृत स्वरूप नै अहिलेको अर्जुनधारा जलेश्वर धाम हो।

काठमाडौंको पशुपतिनाथ मन्दिरकै शैलीमा अर्जुनधारा जलेश्वर धामको मूल मन्दिरको छाना ताम्रपत्रले पेगोडा शैलीमा निर्माण गरिएको छ भने यहाँ पनि चार वटा ढोका छन्। अर्जुुनधारा पोखरी, पञ्च जलधारा, गणेश, हनुमान, गौमाता, नाग देवताका मन्दिरहरू, यज्ञकुण्ड, श्रवणहल, व्यासमञ्च, कार्यालय भवन, पुस्तकालय भवन, गौशाला, गुरुकूल-पाठशाला, छात्रवास, अतिथिगृह, आकर्षकद्वार, पोखरीका बीचमा अर्जुनले बाण हानी निकालेको जलधारा, तिर्खाएका गौमाताले पानी पिउँदै गरेका गाईका आकर्षक मूर्तिहरू मन्दिर परिसरमा स्थापना गरिएका छन्।

धामको गुरुयोजनाअन्तर्गतको संरचना निर्माणमा एक अर्ब लगानी आवश्यक रहेकाे धाम सञ्चालक समितिका अध्यक्ष नवीन गट्टानीले बताए। “गुरुयोजनामा समावेश गरिएका संरचना अब बनाइने छ। धाम क्षेत्रलाई धार्मिक, पर्यटकीय र आवासीय गरी तीन भागमा बाँडिएको छ। जसमध्ये धार्मिक क्षेत्र लगभग पूर्णरूपमा निर्माण भइसकेको छ।” अध्यक्ष गट्टानीले भने।

धार्मिक क्षेत्रअन्तर्गत खडे बाबाको प्रतिमा स्थापना र उद्यान निर्माण भइसकेको छ भने परिक्रमा मार्ग बनिसकेको छ। धामका संस्थापक खडे बाबाको मूर्ति स्थापना र उद्यान निर्माणमा धामले आन्तरिक स्रोतबाट छ लाख ५० हजार र कोशी प्रदेश सरकारको १५ लाख खर्च भएको छ। आवासीय क्षेत्रमा गुरुकूल भवन निर्माण भए तापनि सुरक्षा चौकी, सङ्ग्रहालय, चमेना गृह र खानेपानी ट्याङ्की निर्माण भएको छैन। पर्यटकीय क्षेत्रमा पानीको फोहोरासहितको आकर्षक बगैँचा निर्माण गरिने गुरुयोजनामा उल्लेख भएता पनि स्रोतको अभावमा यो बन्न सकेको छैन।

सात तलाको आधुनिक अतिथि सदन निर्माणका लागि सङ्घीय सरकारसँग सात करोड बजेटको माग गरिएको अध्यक्ष गट्टानीले बताए। धाम क्षेत्र साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको छ। दश कठ्ठाको पोखरी छ। विसं २०५५ को हुलाक टिकटमा यो धामको चित्र प्रकाशित भएको छ।

मन्दिरमा दर्शनका लागि भारत, भूटान, म्यानमारदेखि हिन्दू पर्यटक आउने गरेको धामका व्यासाचार्य अग्निप्रसाद सिग्देलले बताए। मन्दिरको आन्तरिक स्रोतमा भेटी र दाताको चन्दा हाे।

मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

भर्खरै

  • १.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • २.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ३.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ६.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ८.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.