Advertisement
काठमाडौं- कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति चुन्नका लागि दोस्रो चरणको मतदान हुने भएको छ।
सोमबार भएको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार फेरि मतदान हुने भएको हो।
कांग्रेस विधानअनुसार पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन्छ।
पहिलो चरणको मतदानमा सबैभन्दा धेरै शेरबहादुर देउवाले २२५८ मत पाएका छन् भने दोस्रो नम्बरमा शेखर कोइरालाले १७२९ मत पाएका छन्। प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन्।