Advertisement
काठमाडौं- कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।
अहिलेसम्म ४२७६ मत गणना हुँदा देउवाले २०४६ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १६१५ र प्रकाशमान सिंहले ३३५ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २३८ मत प्राप्त गर्दा कल्याण गुरुङले १९ मत मात्र पाएका छन् ।
मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना शुरु भएको हो । सोमबार बिहान ११ बजे शुरु भएको मतदान राति साढे ११ बजे सम्पन्न भएको थियो ।
कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको छ ।