• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

कवि दिप्सालीलाई नगदसहित सम्मान गरिँदै


मङ्गलबार, असार १९, २०८० मा प्रकाशित

सुनसरी- ६६ औं राष्‍ट्रिय कविता महोत्सवका विजेता कवि प्रकाश राई दिप्सालीलाई चतरामा नगदसहित सम्मान गरिने भएको छ।

Advertisement

बराहक्षेत्र नगरपालिका-३ निवासी दिप्सालीले बराहक्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल प्रज्ञा प्रतिष्‍ठान काठमाडौंद्वारा आयोजित राष्‍ट्रिय कविता महोत्सव २०८० मा सहभागी जनाएर विजेता बनेका थिए।

दिप्सालीले बराहक्षेत्रको नाम साहित्यिक क्षेत्रबाट संसारभरका नेपाली भाषीबीच उच्च बनाएकाले बराहक्षेत्र-२ स्थित चतरा साहित्यिक मञ्चले २३ असारमा सम्मान गर्न लागिएको कवियत्री दीपा मग्रातीले जानकारी दिइन्।

उनका अनुसार दिप्सालीलाई नगद १० हजार १०० रुपैयाँ र दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिने छ। यसअघि पनि बराहक्षेत्र-३ वडा कार्यालय तथा अन्य सामाजिक संघसंस्थाले पनि सम्मान गरेका थिए।

चर्चित कवि प्रह्लाद पहरेदारले दिप्सालीको जीवनी, साहित्यिक यात्रा र बराहक्षेत्रको साहित्यिक क्षेत्रको विगत र हालको अवस्थाबारेमा चर्चा र परिचर्चा गर्ने छन्।

उक्त कार्यक्रममा दिप्सालीले आफू विजेता भएको ‘नौरानको नाम’ कविता वाचन गर्दै अन्य उत्कृष्‍ट, रोचक कविताहरू प्रस्तुत गर्ने छन्। कवि राज माङ्लाकले दिप्सालीका कविताबारेमा टिप्पणी गर्ने छन्।

कवियत्री छबिना लुंगेली मगर, विमला श्रेष्‍ठ, कवि आर्यन निरौलासमेतले कविता वाचन गर्दै कार्यक्रमलाई थप रोचक बनाउने छन्।

नेपाल प्रज्ञा प्रतिष्‍ठानद्वारा आयोजित ६६ औं राष्‍ट्रिय कविता महोत्सव २०८० मा २५ कविता मध्ये कवि प्रकाश दिप्साली उत्कृष्‍ट १० मा पर्दै विजेता भएका थिए।

स्वर्णिम साहित्य समाजका अध्यक्ष‌ रहेर लामो समयदेखि साहित्य सिर्जनामा समर्पित उनी साहित्यिक गतिविधि सक्रिय छन्।

६६ औं राष्‍ट्रिय कविता महोत्सव २०८० मा उत्कृष्‍ट १० कवि, कवियत्रीहरू

उमेश पुन-काठमाडौं/छोरी, सिमाना र देश
कृपा करुणा पोखरेल-सुनसरी/रक्तिम कथा
जीवन आरोही- उदयपुर/प्रश्नहरूको विज्ञप्ति
तीर्थराज विश्वकर्मा-सुनसरी/कविले के सम्झियो ?
नवीन अभिलाषी-बाँके/भेरी अभिशप्त बगिरहेछ
प्रकाश दिप्साली राई-सुनसरी/नौरानको नाम

राधिका कल्पित-काठमाडौं/परिचयपत्र
नेपाली मातृभाषा डोटेलीमा खिमानन्द जोशी-दार्चुला/मुई गोठ नाइँ भान्या हूँ
पूर्णानन्द ओझा-डोटी/सन्‍नीको मान्सा तथा
खाम मगरभाषामा टंकबहादुर झाँक्री मगर (वैरागी समीप)/हुन्के वे बड्डा

मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.