भरतपुर- भरतपुर-६ चोक बजारमा त्रिशक्ति मनी ट्रान्सफर सञ्चालनमा आएको छ ।
जुनसुकै देशबाट पठाएको पैसा झिक्न र नेपालभरि पठाउने सेवा दिने उद्देश्यसहित त्रिशक्ति मनी ट्रान्सफर चोकबजारमा सञ्चालनमा आएको हो । सञ्चालक सञ्जीव ओझाका अनुसार मनी ट्रान्सफरसँगै बिल भुक्तानी र हवाई टिकट खरिद सेवासमेत यहाँबाट प्रदान गरिनेछ ।
त्रिशक्ति मनि ट्रान्सफर बैंकिङ क्षेत्रसँग अनुभवी र अध्ययन गरेका व्यक्तिहरूबाट सञ्चालन गरिएकाले छिटो, भरपर्दो र सुरक्षित तरिकाले कारोबार हुने मनी ट्रान्सफरका डाइरेक्टर रेश्म तिमल्सिनाले बताए । हरेक साता ‘लक्की ड्र’मार्फत आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए ।
नेपालमा रहेका सबै रेमिटको सुविधा दिने गरी सञ्चालनमा आएको यस मनी ट्रान्सफरमा अहिले आईएमी, हिमाल रेमिट, जीएमई रेमिटेन्स, वेस्टर्न युनियनलगायत कम्पनीको सेवा सञ्चालनमा छ ।
चोकबजारको एनआईसी बैंकसँगै रहेको यस त्रिशक्ति मनी ट्रान्सफरले बिहान ८ देखि साँझ ८ बजेसम्म शनिबारसमेत सेवा प्रदान गर्नेछ ।
