काठमाडौं- ललितपुर गोदावरी नगरपालिका-३ गोदावरीस्थित खोल्सामा सोही नगरपालिका-२ काप्रेछाप बस्ने ४४ वर्षीय श्याम बहादुर नेपाली शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही शुद्धोधन गाउँपालिका-५ पुरैनी बस्ने २२ वर्षीय रामदेव लोध आफ्नै घरबाट करिब ५ सय मिटर टाढा रहेको बगैंचामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ सितगंगा नगरपालिका-८ धोद्रेखोला घर भई हाल घोराही उपमहानगरपालिका-१८ ढोडेनीस्थित ठूलीआमाको घरमा बस्दै आएका जिता घर्तीको छोरा १६ वर्षीय रबिन्द्र घर्ती आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
रुकुम (पश्चिम) आठविसकोट नगरपालिका-६ त्रिबेणी डेरा गरी बस्ने हाल नाम, थर, वतन नखुलेका ५५ वर्षीय पुरुष आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ सुन्दरहरैँचा नगरपालिका-३ स्थित गछिया खोलामा हाल नाम, थर, वतन नखुलेका ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
कास्की अन्नपूर्ण गाउँपालिका-६ सल्यान घुम्ती प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका करिब ७० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।