रुपन्देही- मायादेबी गाउँपालिका-६ बेथरीचोकस्थित सडकमा लु.२ ख ५८९७ नम्बरको ट्रकले लु.७४ प ४४६४ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सियारी गाउँपालिका-३ बस्ने १८ वर्षीया मिना केवटको मृत्यु भएको छ ।
Advertisement
दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि भीम अस्पताल भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार सियारी गाउँपालिका-३ बस्ने २१ वर्षीया राज कुमारी केवटको सोही अस्पतालमा उपचार भईरहेको छ ।