काठमाडौं– ललिता निवास जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मंगलबार पूर्वनिर्वाचन आयुक्त सुधीर कुमार शाह पक्राउ गरेको छ।
Advertisement
ललिता निवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानका देखिएकाले शाहको समेत मिलेमतोको रहेको आशंकामा उनलाई पक्राउ गरेको सिआइबीले बताएकाे छ।
याेसँगै आजैमात्र ललिता निवासको जग्गा प्रकरणमा पक्राउ पर्नेकाे संख्या सात पुगेकाे छ।
सीआईबीले आजैमात्र भाटभटेनी सुपरमार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ, भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारमा काम गरिसकेका तत्कालीन कर्मचारीहरू मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, भुपेन्द्रमणि केसी र धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरिसकेको छ।