• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

औषधि नपुग्‍ने ठाउँमा लागूऔषध, अनि गाँजा फुकुवाको अनौठो बहस !


    Avatar photo
आइतबार, असार १०, २०८० मा प्रकाशित

हरेकको आफ्नो परिवार, समाज र देशप्रतिको कर्तव्य हुन्छ भन्‍ने ज्ञान बढाउनु आवश्यकता छ। त्यसपछि मात्र लागूऔषध दुर्व्यसनलगायत सामाजिक विकृतिहरूको न्यूनीकरण हुनेछ।

Advertisement

जहाँ खाद्यान्‍न अभावले बालबालिका र महिलाहरू कुपोषित हुन्छन्, औषधि र अस्पताल अभावमा महिलाहरू सुत्केरी हुन नसकेर ज्यान जाने स्थिति छ, त्यहाँ पनि लागूऔषध पुग्दो रहेछ भन्‍ने अवस्था लागूऔषध सर्वेक्षणले देखाएको छ। यातायात र भौगोलिक विकटता भएको कर्णाली प्रदेशमा कुल लागूऔषध प्रयोग गर्नेको १.४ प्रतिशत अर्थात् १ हजार ८११ जना लागूऔषध प्रयोगकर्ता छन्। ४३ महिला र १ हजार ७६८ पुरुष प्रयोगकर्ता रहेको यो अवस्था कर्णाली प्रदेशका लागि भोलिका दिनमा भुसको आगोसरह हुँदैन भन्‍न सकिँदैन। जिल्लागत आधारमा नतिजा केन्द्रित नभएकाले कर्णाली प्रदेशको कुन जिल्ला यसबाट प्रभावित छ भन्‍ने यकिन गर्न कठिन भए पनि समग्रमा कर्णाली प्रदेश पनि लागूऔषधको प्रभावबाट अछुतो देखिएन।

लागूऔषध प्रयोगको अवस्था के कस्तो छ भन्‍नेबारेमा गृह मन्त्रालय र राष्‍ट्रिय तथ्यांक कार्यालयको प्राविधिक सहयोगमा निश्‍चित समयको अन्तरालमा प्रयोगकर्ताको संख्या, प्रयोग गर्ने लागूपदार्थलगायत यससँग सम्बन्धित विषयहरूको सर्वेक्षण गर्ने गरिएको छ। ०७६ सालमा गरिएको सर्वेक्षणमा १ लाख ३० हजार ४२४ कडाखालका लागूऔषध प्रयोगकर्ता रहेको देखिएको छ। यो संख्या ०६९ सालमा ९१ हजार ५३४ थियो। र, ०६३ मा ४६ हजार ३०९ थियो । तथ्यांकले हरेक वर्ष ५.०६ प्रतिशतले लागूऔषध प्रयोगकर्ता बढेको देखाएको छ।

हरेक सर्वेक्षणमा लागूऔषध प्रयोकर्ताको संख्या उल्लेख्य रूपमा बढेको पाइनु आजको चुनौति हो। अझ डरलाग्दो त ३० वर्ष मुनिकाको संख्या १ लाख १६५ छ। ८४.७ प्रतिशत प्रयोगकर्ताहरूले गाँजाको प्रयोग गरेका छन्। कर्णाली प्रदेशमा त ९१.३ प्रतिशतले गाँजा सेवन गरेको पाइन्छ। प्रयोगकर्ताको संख्या बढेसँगै आर्थिक भार बढ्ने, सामाजिक अपराधमा वृद्धि हुने, प्रयोगकर्ताको परिवारमा विग्रह आउने, विभिन्‍न किसिमका संक्रामक रोग वृद्धि हुने र देशको उत्पादनशील शक्ति नै समाप्त हुने अवस्था सामना गर्नुपर्ने हुन्छ।

एकातिर लागूऔषध प्रयोकर्ताको संख्यामा भएको वृद्धि टाउको दुखाइको विषय भएको छ भने अर्कोतिर विगतदेखि रोक लगाएको गाँजा खेतीको प्रतिबन्ध फुकुवा हुनुपर्ने बहस छेडिएको छ। यस्तो अवस्थामा यसले आम मानिसमा चासो थपेको छ। नेपालमा गाँजाको व्यावसायिक खेतीका लागि प्रतिबन्ध फुकुवा भएमा त्यसबाट मनग्य आम्दानी हुनुको साथै कृषकको जीवनस्तरमा सुधार हुने एकथरि मानिसको बुझाइ छ। गाँजा औषधिजन्य भएको र विश्‍वको केही मुलुकमा यसलाई नियन्त्रित सेवनको रूपमा मान्यता दिएको अवस्थमा ती देशमा गाँजाको निर्यात गरी लाभ आर्जन गर्ने सोच अन्यथा नभए पनि यस पछाडिको जोखिमको अहिले नै मूल्यांकन गर्न आवश्यक छ।

अफगानिस्तान, इरानलगायत देशहरूले अफिम उत्पादन गरी औषधिका लागि बिक्री वितरण गरेको अवस्थामा नेपालमा पनि गाँजा नियन्त्रित रूपमा उत्पादन गरी लाभ आर्जन गर्न नसकिने होइन। तर, के हामी नियन्त्रित रूपमा गाँजाको खेती गर्ने कुरामा इमान्दार छौं त ? कोभिड १९ को समयमा सारा नाका र सीमाहरू बन्द थिए तर केही असुविधाका बावजुद लागूऔषध प्रयोगकर्ताहरू सेवन गरिरहेका थिए। अर्थात् लागूऔषध नेपालमा भित्रिइरहेको थियो। यसले के देखाउँछ भने हामीलगायत हाम्रो कानून कार्यान्वयन एकाइहरूको इमान्दारितामा शंका गर्ने प्रशस्तै ठाउँ देखिएको छ।

यस्तो अवस्थामा हामीले नियन्त्रित रूपमा उत्पादन गर्ने भनिएको गाँजा हाम्रा युवा-युवतीसम्म पुग्दैन भन्‍न सक्ने अवस्था छैन। लाभ आर्जन गर्ने आशामा कतै भोलिका दिनमा समाज नै त ध्वस्त हुँदैन भन्‍ने पाटोमा विचार पुर्‍याउन आवश्यक देखिन्छ।

‘लागूऔषध नियन्त्रण रणनीति २०६६’अनुसार हालसम्म लागूऔषधको आपूर्ति नियन्त्रण, माग घटाउने, उपचार र पुनःस्थापन, क्षति न्यूनीकरण कार्यक्रमहरू सञ्‍चालन गरिए पनि लागूऔषध प्रयोगकर्ताको संख्या भने बढ्दै गएको छ। कडा खालका लागूऔषध (अफिमजन्य) को प्रयोग आजका दिनमा भयावह बन्दै गएको छ। यसलाई मध्यनजर गरेका यसका व्यापारीहरूलाई निशाना गरी पक्रने र कानूनी कारवाही तीव्र बनिरहँदा पनि विभिन्‍न फरक उपायहरूको प्रयोग गरी लागूऔषधका तस्करहरू प्रहरी प्रशासनलाई छल्न सफल भएका छन्। गाँजा हाम्रो बाल्यकालदेखि नै प्रहरीले नष्‍ट गर्ने गरेको सुनिएको हो। तर, आजका दिनसम्म यसको उत्पादन लुकीछिपी भइरहेकै छ।

लागूऔषध प्रयोगकर्ता नै नहुने अवस्था तयार गर्नका लागि सरकार तथा संघसंस्थाहरूद्वारा विभिन्‍न जनचेतनामुलक कार्य गरी माग घटाउने काम गरिएका छन्। यदि कुनै क्षेत्रमा लागूऔषध प्रयोग गर्ने मानिस नै नहुने हो भने त्यस क्षेत्रमा लागूऔषध नै भित्रिँदैन भन्‍ने मान्यताका आधारमा गरिने माग घटाऊ कार्यक्रमअन्तर्गत विद्यालयका बालबालिका, विभिन्‍न युवा समुदायबीच छलफल र अन्तरक्रियालगायत कार्यक्रम गरिएका छन्। यस्तै, आपूर्ति नियन्त्रणअन्तर्गत लागूऔषध भित्रिने नाकाहरूमा निगरानी, लागूऔषधको चक्र तोड्ने, उत्पादन, तयारी, ओसारपसार, बिक्री र सेवनलाई रोक्न लागूऔषध नियन्त्रण ब्युरो क्रियाशील देखिन्छ।

उपचार र पुनःस्थापनामा सरकारी तथा गैरसरकारी तवरबाट खासै कार्यक्रम नभए पनि निजी क्षेत्रमा खुलेका उपचार र पुनःस्थापना केन्द्रहरू क्रियाशील छन्। लागूऔषधको लतबाट मुक्त गर्न विषमुक्तीकरण र लागूऔषध प्रयोगकर्ताहरूलाई घरपरिवार र समाजमा एकीकरण गर्ने कार्यहरू भएका छन्।

यस्तै, क्षति न्यूनीकरणका लागि प्रयोगकर्ताहरूको स्वास्थ्यको जोखिम न्यूनीकरण गर्न अर्थात् रगतबाट हुने संक्रमण एचआईभी, हेपाटाइटिस रोक्नका लागि सुई सिरिन्ज साटासाट कार्यक्रम गर्ने, सुइद्वारा लागूऔषध लिने जोखिम न्यूनीकरणका लागि मौखिक प्रतिस्थापन उपचार विधिलगायत कार्यक्रमहरू सञ्‍चालनमा देखिन्छन्।

समाजमा विद्यमान लागूऔषधको समस्या समाधानका लागि समाज अर्थात बहुपक्षीय प्रयास आवश्यक छ। प्रहरी, सामाजिक तथा धार्मिक संघसंस्थाहरू, जनप्रतिनिधि सबै यसै समाजका भएका कारण समाजको प्रतिछाया तिनमा समेत पाइन्छ। समाजमा कानूनले बन्देज नगरेका मदिराजन्य र सुर्तीजन्य लागूपदार्थले धेरै घरपरिवार ध्वस्त बनाएका छन्। घरेलु हिंसा, यौन हिंसा, अपराध र दुर्व्यवहारहरू बढेका छन्। यस्तै, हानिकारक पदार्थहरू प्रति युवाको मोह बढेको छ। युवा यो देशमा आफ्नो भविश्य सुनिश्‍चित देख्दैनन्, विद्यालय उमेरमै उनीहरूको गन्तव्य अमेरिका, क्यानाडा, अस्ट्रेलियालगायत देश हुने गरेका छन्। यदि ती देशहरू सम्भव नभए ‘खाडीमा भेटौंला’जस्ता अभिव्यक्तिहरू देखिन्छन्, जसले आशाभन्दा पनि निराशा बढाउने प्रष्‍ट छ।

युवालाई जिम्मेवार बनाउनु आजको प्रमुख आवश्यकता हो भन्‍ने राजनीतिले बुझ्‍न जरुरी छ। अमेरिकी उन्मत्त जमात (हिप्पी)ले भनेजस्तो ‘मेरो जीवन मेरो निर्णय’ भन्‍ने स्वेच्छाचारिताले न त युवाको प्रगति हुन्छ, न देशको नै। हरेकको आफ्नो परिवार, समाज र देशप्रतिको कर्तव्य हुन्छ भन्‍ने ज्ञान बढाउनु नै आजको आवश्यकता हो। यसैबाट समाज समुन्‍नत बन्‍नेछ। त्यसपछि लागूऔषध दुर्व्यसनलगायत सामाजिक विकृतिहरूको न्यूनीकरण हुनेछ।

आइतबार, असार १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.