काठमाडौं– विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारीलाई कैद सजाय ताेकेकाे छ।
Advertisement
चुडामणि शर्मा र उमेशप्रसाद ढकाललाई जनही ९ वर्ष र लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय गरेकाे हाे।
यसअघिको सुनुवाइमा उनीहरुलाई दोषी ठहर गरिएकोमा मंगलबार विशेष अदालतका न्यायाधीशहरु श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले सजाय निर्धारण गरेको हो।
विशेष अदालतले तीनै जनालाई जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो र जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवाना गरेकाे छ।