तनहुँ- जिल्लाको म्याग्दे गाउँपालिका-१ गुणादीमा सोमबार साँझ पहिरोमा पुरिएर घाइते भएका दुईजनाको मृत्यु भएको छ।
Advertisement
मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका-७ का ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका-७ का ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी तनहुँले जनाएको छ।
घाइतेमध्ये भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा मृत्यु भएको डीएसपी मोहनबहादुर खाणले जानकारी दिए। गम्भीर घाइते भई पोखरा पठाइएका बलबहादुरको राति मृत्यु भएको हो।
ढिस्कोले पुरिएर घाइते झापाको शिवशताक्षी-७ का ४५ वर्षीय कृष्ण लिङ्देनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मुग्लिन-पोखरा सडक छेउमा पर्खाल निर्माणका क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर तीनजना घाइते भएका थिए।