• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

‘अबेर सुत्‍दा र  ढिलो उठ्दा चाँडै मृत्यु हुँदैन’


    Avatar photo
शनिबार, असार ०२, २०८० मा प्रकाशित

पेरिस- राति कुन समय सुत्‍ने र बिहान कतिबेला उठ्ने भन्‍ने कुराले मानिसको अल्पायुमा मृत्यु हुने विषयको संकेत नगर्ने एक अध्ययनले देखाएको छ।

Advertisement

सामान्यतया राति ढिलो सुत्‍ने र बिहान अबेरसम्म नउठ्ने प्रवृत्तिले अल्पायु मृत्यु निम्त्याउने बताइने गरेको छ। तर, कतिबेला सुत्‍ने र उठ्ने भन्‍ने विषयले अल्पायुमा मृत्युको कुनै संकेत नगर्ने वैज्ञानिकहरूले बताएका छन्।

अझ राति अबेरसम्म मदिरा सेवन र धुम्रपान गर्ने अनि बिहान ढिलो उठ्ने आनीबानीले अल्पायुमा मृत्यु निम्त्याउने बताइने गरेको छ।

यसअघिका अनुसन्धानले राति अबेरसम्म जागा रहने र बिहान ओछ्यानबाट बाहिर निस्कन कठिनाइ हुने व्यक्तिलाई विभिन्‍न प्रकारका स्वास्थ्य समस्या हुने सम्भावना बढी रहने देखाएका थिए।

सन् २०१८ मा बेलायतमा गरिएको एउटा अध्ययनले साढे ६ वर्ष अवधिमा बिहानीपखको तुलनामा साँझमा मृत्यु हुने जोखिम १० प्रतिशत बढी हुने देखाएको थियो। यसको अर्थ निदाएको समयमा मृत्यु हुने जोखिम अत्यधिक हुने गर्छ भनिएको थियो।

यो चिन्ताजनक समाचार भए पनि उक्त अनुसन्धानले ती मृत्युका पछाडि रक्सीको सेवनजस्ता कारकहरूलाई ध्यानमा राखेको पाइने गरेको थिएन। त्यसैले, फिनल्यान्डका अनुसन्धाताहरूले क्रोनोबायोलोजी इन्टरनेसनल नामक जर्नलमा प्रकाशित एक अध्ययनमा यसबारे थप खोजी गरेका थिए।

सन् १९८१ मा फिनल्यान्डमा २४ हजार उही लिंगका जुम्ल्याहा बच्चामा यो अध्ययन गरिएको थियो। उनीहरूलाई उनीहरू बिहान वा साँझमा निदाउँछन् भनेर पहिचान गर्न सोधिएको थियो।

अध्ययनमा सहभागीमध्ये एक तिहाइले उनीहरू केही हदसम्म साँझमा निदाउने गरेकोजस्तो लागेको बताएका थिए। अर्थात्, १० प्रतिशतले उनीहरू निश्‍चित रूपमा साँझमै निदाउने गरेको बताएका थिए। बाँकी सबैले बिहानको निद्रा प्यारो लाग्‍ने बताएका थिए।

राति सक्रिय रहने उनीहरूले आफूलाई बैंसालु उमेरको भन्‍न रुचाएका धेरैले बढी रक्सी पिउने र चुरोट पिउने गर्थे। सन् २०१८ मा अनुसन्धानकर्ताहरूले अध्ययन गर्दा २४ हजारमध्ये आठ हजार ७०० भन्दा बढी जुम्ल्याहा बच्चाको मृत्यु भइसकेको थियो।

पछिल्लो ३७ वर्षको अवधिमा अनुसन्धानकर्ताहरूले राति सक्रिय हुने व्यक्तिहरूमा सबै कारणबाट मृत्युको जोखिम ९ प्रतिशत बढी हुने देखाएको थियो। यो सन् २०१८ को अध्ययनको समान दर हो।

तर, यो भिन्‍नता ‘मुख्यतया धूम्रपान र रक्सीको कारण’ रहेको अध्ययनमा उल्लेख गरिएको छ। धुम्रपान नगर्ने तर हल्का रक्सी पिउने अनि राति सक्रिय हुने व्यक्तिहरू बिहान ढिलोसम्म सुत्‍ने मानिसको तुलनामा पहिले मर्ने सम्भावना बढी नहुने पछिल्लो अनुसन्धानले देखाएको छ।

‘राति सक्रिय रहने र धुम्रपान तथा मध्यपान नगर्ने व्यक्तिले अकालमै मृत्युको जोखिम कम गर्न चाहेमा कम गर्न सक्छ भन्‍ने नतिजाले देखाएको छ,’ अध्ययनमा संलग्‍न फिनिस इन्स्टिच्युट अफ अकुपेसनल हेल्थका क्रिस्टर हब्लिनले एएफपीसँग भने, ‘साँझपख मानिसहरूले आफूले प्रयोग गरिरहेको रक्सी र सुर्तीको मात्राबारे गम्भीरतापूर्वक सोच्‍नुपर्छ।’

हब्लिनका अनुसार अन्य कारकहरूभन्दा पनि क्रोनोटाइप (मानिसहरूको छिटो सुत्‍ने समय)ले उनीहरूको मृत्युदरमा ‘थोरै वा कुनै’ पनि योगदान दिँदैन। ‘यो अनुसन्धान सही भए पनि अनुसन्धानका केही सीमितता छन्,’ क्याम्ब्रिज युनिभर्सिटीका क्रोनोटाइप अनुसन्धानकर्ता जीवन फर्नान्डोले एएफपीसँग भने, ‘बिहान वा साँझमा मात्र सक्रिय मानिसहरूको रूपमा मात्र आत्म-पहिचान गर्नु ‘असन्तोषजनक’ थियो किनभने यसमा कुनै पनि वस्तुगत जानकारी समावेश गरिएको थिएन।’

अध्ययनमा रक्सी र सुर्तीजन्य पदार्थबाहेक अन्य लागूपदार्थलाई पनि समावेश गरिएको छैन। उनले भने, ‘विशेष गरी कोकिनलाई छिटो सुत्‍नेदेखि ढिलो उठ्ने व्यक्तिहरूसँग जोडिएको र उनीहरूको परिवर्तनका बारेमा उल्लेख गरिएको थियो।’

शनिबार, असार ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.