काठमाडौं- महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बित भएका छन्।
Advertisement
प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले हिजोदेखि लागू हुने गरी पाललाई निलम्बिन गरेको पत्र आज आइपुगेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए।
पालले महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरी कर्मचारीलाई दुर्व्यवहार गरेका थिए। उक्त घटनापछि पाललाई प्रहरी प्रधान कार्यालय तानिएको थियो। पालविरुद्ध अनुसन्धान जारी छ।