• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

युवा पुस्तालाई देशको कला, संस्कृतिको महत्त्व बुझाउन लाग्नुपर्छ ः मन्त्री शर्मा


शुक्रबार, असार ०१, २०८० मा प्रकाशित

काठमाडौं  –  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको कला, संस्कृतिको महत्त्व बुझाउन र नेपाली चलचित्र क्षेत्रबारे बालबालिकालाई सचेतना प्रदान गर्नु अहिलेको आवश्यकता भएको बताएकि छन् ।

Advertisement

 

दाङको घोराहीस्थित बहुउद्देश्यीय सभागृहमा चलचित्र विकास बोर्डले आयोजना गरेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव, २०८० को शुक्रबार उद्घाटन गर्दै उनले नेपालको कला, संस्कृति, परम्परा, रीतिरिवाज, सभ्यता चिनाउन नेपाली चलचित्र क्षेत्रलाई सूचना प्रविधिको प्रयोगबाट सहीरूपमा बुझाउन चलचित्र विकास बोर्ड थालेको यो प्रयास निकै सराहनीय रहेको बताइन् ।

 

पछिल्लो समय पश्चिमी संस्कृतिको प्रभावले नेपाली मौलिकतामा प्रहार भइरहेकाले यस प्रकारको कार्यक्रमले देश चिनाउन र नेपाली समाज बुझाउन भूमिका खेल्ने उनले अपेक्षा गरिन् । ‘देशमा रहेका विविध कला संस्कृतिको महत्त्व उजागर गर्न र आफ्नोपनलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाउन चलचित्रले भूमिका खेल्छ,’ उनले भनिन्, ‘चलचित्र केवल मनोरञ्जन मात्र होइन । यसले समाज राष्ट्र चिनाउन र कला संस्कृति चिनाउन भूमिका खेल्छ । जुन कुरालाई बालबालिकामा बुझाउन देशभर यस प्रकारका कार्यक्रम हुनुपर्छ ।’

 

पश्चिमा संस्कृतिले बालबालिका र युवामा पकड जमाउँदै लगेको बेलामा आफ्नो धरातल चिनाउन बाल चलचित्र महोत्सव कोसेढुङ्गा बन्ने उनको विश्वास छ । ‘चलचित्र विकास बोर्डले पहिलो पटक गरेको कार्यक्रमले बालबालिकालाई चलचित्रको अर्थ बुझाउन, यसका आयामबारे बोध गराउन र नेपालको कला संस्कृति उजागर गरेर सभ्य समाज निर्माणमा लाग्न युवा तथा किशोरकिशोरीमा देशको पहिचान के भन्ने कुरा सिकाउने अपेक्षा छ,’ मन्त्री शर्माले भनिन्, ‘हाम्रो कला संस्कृति के हो ? हाम्रो सभ्यता के हो ? यसका बारेमा सबैलाई बोध गराउन चलचित्र विकास बोर्डले थालेको अभियानले सरकारको सहयोगी भूमिका खेल्नेछ ।’

 

नेपाल कलासंस्कृतिको धनी देश भएकाले यहाँको कला संस्कृति अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा उनले जोड दिइन् । ‘चलचित्र आम मानिसको रोजाइको क्षेत्र बन्ने गरेको छ । चलचित्रले दर्शकलाई मात्र मनोञ्जन दिँदैन, यसको आयाम धेरै छ । यति मात्रै होइन यस क्षेत्रमा लागेर व्यक्तित्व निर्माण गर्न चाहनेहरूका लागि पनि चलचित्र महत्त्वपूर्ण क्षेत्र हो, यसले प्रवाह गर्ने ज्ञान, सूचना र चेतनाले अझ लाभ दिने गर्छ,’ उनले भनिन् ।

 

चलचित्र क्षेत्रबाटै कैयौँ कलाकारले आफ्नो पहिचान बनाउँदै आएका छन् भन्दै मन्त्री शर्माले यसमा भविष्य देखाउन उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई चलचित्र क्षेत्रमा आकर्षित गर्न महोत्सवबाट टेवा पुग्ने अपेक्षा गरिन् ।

 

उनले नेपालमा गणतन्त्र स्थापनापछि सूचना प्रविधिको विकास तीव्ररूपमा भइरहेको बताउँदै यसको सकारात्मक उपयोगमा लाग्न सके राष्ट्रले विकासमा थुप्रै फड्को मार्ने विश्वास व्यक्त गरिन् । ‘देशको माटो, यहाँको उत्पादन, शिक्षा, स्वास्थ्य, समाज चिनाउन सूचना प्रविधिको सही उपयोग हुनुपर्छ भन्ने सरकारको मान्यता हो । काममा सबै लाग्नुपर्छ । सूचना प्रविधि उपयोगसँगै दुरुपयोग पनि बढेको छ । यो रोक्नुपर्छ,’ उनले भनिन् ।

बालबालिकालाई सूचना प्रविधिको सही उपयोगमा लाग्न हौसला दिनुपर्ने उनको भनाइ थियो । अहिले धेरै बालबालिका मोबाइल र कम्प्युटरको लतमा फस्दै गएको गुनासो अभिभावकबाट आउने गरेको भन्दै मन्त्री शर्माले भनिन्, ‘बालबालिकालाई सूचना प्रविधिबाट अलग गर्न त सकिँदैन तर उनीहरूलाई यसको दुरुपयोगबाट बचाउँदै उपयोगी ज्ञान र सीप सिकाउन ज्ञान र सन्देशमूलक बालचलचित्र उपयोगी हुन सक्छन् ।’

 

गलत कामलाई नियमन गर्न कानून आवश्यक रहेको भन्दै उनले यसका लागि तयार भइसकेको कानुन मस्यौदालाई मूर्तरूप दिन सरकार गम्भीरतापूर्वक लागेको जानकारी दिइन् ।

 

मन्त्री शर्माले नेपालमा प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव भए पनि अन्तर्राष्ट्रियस्तरमा नियमितरूपमा यस्ता महोत्सव हुने गरेको चर्चा गर्दै नेपालबाट बालबालिकाले बनाएका वा उनीहरूका बारेमा बनेका बाल चलचित्र अन्तर्राष्ट्रिय महोत्सवमा पु¥याउने गरी अब तयारी थाल्न चलचित्र विकास बोर्डलाई सुझाव दिइन् ।

 

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्थानीय कला संस्कृति झल्किने झाँकीसहित सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो । कार्यक्रममा स्थानीय कला संस्कृतिसहतिको लोक बाजा, नृत्य प्रस्तुत गरिएको थियो भने कलाकार चेतन सापकोटा, सत्यकला राई, अनुभव रेग्मीलगायतले प्रस्तुति राखेका थिए ।

 

यही असार ३ गतेसम्म चल्ने महोत्सवमा बालबालिका तथा किशोरकिशोरीलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरूमाझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने बारेमा जानकारी प्रदान गरिने बताइएको छ । बोर्डका अध्यक्ष केसीले ‘बालबालिकासँग भुवन केसी’ कार्यक्रममार्फत आफ्नो सिने यात्रा र नेपाली चलचित्रबारे अन्तरक्रिया गर्नेछन् ।

 

शुक्रबार, असार ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.