• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

प्राथमिकताका आधारमा पुल निर्माणको योजना


शुक्रबार, असार ०१, २०८० मा प्रकाशित

काठमाडौं – स्थानीय पूर्वाधार विभागले प्राथमिकताका आधारमा स्थानीय पुल निर्माणको योजना बनाउन सुरु गरेको छ ।

Advertisement

यसअघि सडक विभागले सबै किसिमका पुल निर्माण गर्दै आएकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहरी विकास मन्त्रालयमार्फत स्थानीय पूर्वाधार विभागलाई एक हजार चार सय पुल निर्माणका लागि हस्तान्तरण गरेको छ ।

सडक विभागबाट ‘स्थानीय सडक पुल’ शीर्षकमा हस्तान्तरण भएर आएका पुल निर्माणको जिम्मा विभागले लिएको स्थानीय पूर्वाधार विभागका उपमहानिर्देशक अशोककुमार साहले बताए । उनका अनुसार यसमा ग्रामीण स्थानीय सडकमा पुल रहेका छन् ।

सडक बनिसकेको भए पनि पुल नहुँदा बाह्रै महिना सडक सञ्चालन हुन नसकेका ठाउँको पहिचान गरी पुल बनाउन लागिएको उपमहानिर्देशक साहले बताए । सडक विभागबाट पुल निर्माणको जिम्मा दिइसकेको भन्दै क्रमिकरूपमा आवश्यकताका आधारमा पुल निर्माण गरिँदै जाने उनले बताए ।

उपमहानिर्देशक साहले भने, ‘एकै वर्षमा ठूलो सङ्ख्यामा बनाउन नसकिने हुँदा आवश्यकताका आधारमा प्राथमिकता छुट्याएर निर्माण हुनेछन् ।’ उनका अनुसार निर्माणाधीन क्रमागत पुल सडक विभाग आफैँले निर्माण गरेर नयाँ पुलमात्रै हस्तान्तरण गरेको हो ।

भौतिक मन्त्रालयबाट आएकाबाहेक स्थानीय स्तरोन्नति भइसकेका र पुल नभएका ग्रामीण सडकलाई समावेश गरिने उनको भनाइ थियो । पहिले निर्माणाधीन अवस्थामा रहेका पुल पनि आगामी वर्षका लागि योजनामा राखिएको उपमहानिर्देशक साहले जानकारी दिए ।

सबै पुल आगामी वर्ष भित्रै निर्माण सुरु नभए पनि आवश्यकताका आधारमा केही पुल निर्माण सुरु गरिने विभागले जनाएको छ । ‘पहिले सम्भाव्यता अध्ययन हुने र सम्भाव्य छ भने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर मात्रै अर्काे वर्ष कार्यान्यनमा जाने छौँ,’ साहले भने । उनका अनुसार प्रत्येक प्रदेशमा एक–एक गरी विभागका सात कार्यालय छन् । उक्त कार्यालयको क्षमताअनुसार योजना कार्यान्वयन गरिने उनले बताए ।

आगामी आवमा यसअघि नै डिपिआर तयार भइसकेको पुल निर्माणमा लैजाने योजना रहेको उपमहानिर्देशक साहले जानकारी दिनुभयो । भौतिक मन्त्रालय, पालिका वा प्रदेशले यसअघि नै पुलको डिपिआर गरिसकेको भए पनि पुनरावलोकन गरेर ठीक छ भने सिधै ठेक्कामा जाने उहाँले बताउनुभयो ।

‘कुनै पनि योजना सुरु हुँदा पहिले प्रक्रियाको काम हुन्छ । योजनामा पहिलो वर्ष कम रकम भएर पुग्ने हुँदा यसअघि अध्ययन भइसकेका पुल निर्माणमा लैजाने छौँ,’ साहले भने । बजेट भएका अन्य योजनाअन्तर्गत रहेका निर्माणाधीन पुलका काम पनि अगाडि बढाइने उनको भनाइ थियो । उनले भने, ‘अध्ययन भएका पुल निर्माणमा लैजान सकिने गरी बजेट प्रस्ताव गरिएको छ ।’

विसं २०७२ मा संविधान लागू हुनु पहिले सडक विभागले राष्ट्रिय राजमार्गमा र जिल्ला विकास समितिले स्थानीय सडकमा पुल निर्माण गर्दै आएका थिए । नयाँ संविधानपछि स्थानीय सडक निर्माणको जिम्मेवारी स्थानीय तह र प्रदेश सडक निर्माणलाई दिइएको छ ।

जनशक्ति, आवश्यक उपकरणलगायत कमीले गर्दा स्थानीय तहले पुल निर्माण नगर्दा सडक विभागले रणनीतिक पुलसँगै स्थानीय पुल निर्माण गर्दै आएको थियो । सडक विभागमा कामको अत्यधिक चाप बढेपछि सरकारले स्थानीय पुल निर्माणको जिम्मेवारी सङ्घीय सरकारअन्तर्गत स्थानीय पूर्वाधार विभागलाई दिएको छ ।

 

 

शुक्रबार, असार ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.