• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

मह गाउँको हाइकिङ पर्यटन


शुक्रबार, असार ०१, २०८० मा प्रकाशित

गण्डकी- शुक्लागण्डकी नगरपालिका-२ मा पर्छ दगाम गाउँ। यस गाउँमा २३ घर छन्। २० घरमा मगर र ३ घरमा गुरुङ जातिको बसोबास छ।

Advertisement

गाउँका सबै घरमा मौरीका घार छन्। यहाँको मह स्वदेशमा मात्रै नभई विदेशमा पनि निर्यात हुन्छ। पछिल्लो समयमा त दगामको पहिचान नै मह गाउँ बनेको छ। उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका अन्‍नपूर्ण, धौलागिरि, मनास्लुसहित माछापुच्छ्रेलगायत हिम चुचुरासँग नांगा आँखा जुधाउन सकिनु यहाँको विशिष्‍टता हो। दक्षिण, पूर्व र पश्‍चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यसमेतले यहाँको पर्यटकीय महत्त्व चुलिएको छ।

प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयवासीको आत्मीय व्यवहार एवं यहाँको महले देश-विदेशमा पाएको चर्चासँगै ठाउँ-ठाउँबाट पर्यटक पुग्‍न थालेपछि स्थानीयवासी हौसिएका छन्।

मह गाउँकै रूपमा बढ्दै गएको चर्चासँगै हाइकर्स क्लब नेपालले आफ्नो ३५ औं शृंखला दगाममा सम्पन्‍न गरेको संयोजक कृष्‍ण रानाभाटले जानकारी दिए। ‘स्वास्थ्य र पर्यटनको लागि हाइकिङ’ मूल नाराका साथ विगत तीन वर्षदेखि सञ्‍चालन भइरहेको हाइकिङ यस पटक दगाममा गरेका हौं,’ उनले भने।

प्रत्येक महिना अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई एकदिने हाइकिङका माध्यमबाट प्रबर्द्धन गर्ने गरिएकोमा यसपटक दगामलाई छनोट गरिएको उनले बताए।

दगाम सामुदायिक होमस्टे र यहाँका स्थानीयको सरल, निश्‍चल र सहयोगी भावनालाई यसअघि सुन्‍ने गरिएकोमा पुगेरै प्रत्यक्ष अनुभव गरिएको उनले बताए। दगाम शुद्ध महका लागि पनि पुग्‍नैपर्ने गन्तव्यका रूपमा आफूहरूले पाएको बताउँदै रानाभाटले हिमाली एवं पहाडी भूभागको दृश्यावलोकनसँगै यहाँको महलाई पर्यटनसँग जोड्न सकिने पर्याप्त सम्भावना रहेको बताए।

दगाम सामुदायिक होमस्टेमा पुग्‍ने जो कोहीलाई स्थानीयले अतिथि देवो भवःको मन्त्रलाई आत्मसात् गर्दै अबिर, फूलको गुच्छा प्रदान गर्नुका साथै परम्परागत मगर जातिको मौलिक कौरा नृत्यले स्वागत गरिन्छ।

तनहुँ र कास्कीको सिमानामा पर्ने पृथ्वी राजमार्गको कोत्रे बजारबाट दगाम पुग्‍न गाडीको सुविधा छ भने हाइकिङ गरी ज्वालादेवी सामुदायिक वन, मकनपुर गाउँ, भुजिकोट हुँदै पनि यहाँ पुग्‍न सकिन्छ। मौरीपालनका माध्यमबाट दगाम गाउँले आफ्नो छुट्टै पहिचान गराउन सफल भएको अगुवा समाजसेवी नन्दबहादुर थापाले बताए। स्वदेश तथा विदेशमा यहाँको मह पुग्‍ने गरेको बताउँदै उनले गाउँबाटै प्रतिकिलो एक हजार पाँच सय रुपैयाँमा बिक्री भइरहेको जानकारी दिए। मह उत्पादन जति गर्न सके पनि बजारको समस्या नरहेको उनको भनाइ छ।

पछिल्ला वर्षमा विशेषतः बिदाका दिनमा कास्की तथा तनहुँका विभिन्‍न स्थानबाट पर्यटक दगाम आउने गरेको दगाम सामुदायिक होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष तिला थापा मगरले बताइन्।

दगामबाट देखिने हिमालसँगै वरपरका हरिया डाँडाहरू, शुक्लागण्डकी क्षेत्रको अतिरिक्त पोखराको फेवातालसम्मका दृश्यमा पर्यटक लोभिने गरेको उनको भनाइ छ। प्रकृति, संस्कृति र आत्मीयताले पर्यटक आउन थालेपछि यहाँका बासिन्दा ०६५ सालमा नेपालकै पहिलो घरवास (होमस्टे) शुरु भएको स्याङ्जाको सिरुबारी गाउँ पुगेका थिए। त्यहाँको अवलोकनपछि दगाममा घरबास सुरु गरिएको उनले जानकारी दिइन्।

घरवास चलाउन ०६३ सालदेखि नै योजना बनाए पनि सिरुबारीको प्रेरणाले यसतर्फ लागिएको स्थानीयवासी बताउँछन्। घरवासमा आउने पर्यटकले कोदो, मकै, लोकल कुखुराको मासुलगायत स्थानीय परिकार नै बढी रुचाउँछन्।

आफूहरूले सकेसम्म भटमास, मस्याङ, गुन्द्रुक, ढिँडो, महलगायतका स्थानीय परिकार नै खुवाउने गरेको अध्यक्ष थापामगरले जानकारी दिइन्। घरवासमा आउने पर्यटकका लागि एक हजार चार सयको प्याकेज उपलब्ध छ। यसमा दिउँसो र बिहानको खाजा, बिहान-बेलुकाको खाना, मनोरञ्‍जन र आवासको सुविधा मिलाइएको छ। प्रत्येक दिन ४० जना पाहुना राख्‍न सक्ने क्षमता रहेको दगाममा आएका पर्यटकले मह खरिद गरी लैजान थालेपछि स्थानीयवासीमा अझै उत्साह थपिएको छ।

मगर र गुरुङ जातिको संस्कृति पनि यहाँको आकर्षण हो। कात्तिक-मंसिरमा बालन नाच, मंसिरदेखि माघसम्म नचरी, सोरठी र ख्याली, फागु पूर्णिमादेखि कौरा नाच देखाइने यो गाउँमा संस्कृति संरक्षणलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ। प्राचीन घाटुनाचको संरक्षणलाई पनि स्थानीयवासीले जोड दिएका छन्।

चैत-वैशाखमा वरपरका जंगलमा ढकमक्क फुल्ने लालीगुराँसले यहाँ आउने जो-कसैको मन लोभ्याउँछ। गाउँ पर्यटनमा प्रचुर सम्भावना बोकेर पनि पूर्वाधारको अभावका कारण दगाम अझै ओझेलमा गरेको अर्का स्थानीयवासी तीलबहादुर थापामगरले बताए।

दगामको राम्रोसँग प्रबर्द्धन गर्दै पर्यटकको आगमन बढाउन सकेमा यो अन्य स्थानका लागि पनि प्रेरक बन्‍न सक्ने पाइएको हाइकर्स क्लब नेपालका संयोजक रानाभाटले बताए। ‘दगाममा उत्पादन हुने महलाई कृषि पर्यटनसँग पनि जोड्न सकिने धेरै सम्भावना छ,’ उनले भने। पृथ्वी राजमार्गको कोत्रेबाट ४-५ घण्टाको हाइकिङबाट यहाँ पुग्‍न सकिन्छ।

शुक्रबार, असार ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.