• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

के हो बसाइँसराइ रोक्ने विकट झिम्पा गाउँ मोडल?


बुधबार, जेठ ३१, २०८० मा प्रकाशित

गलकोट- घर-घरमै शुद्ध पानीको धारा छ। दैलो अगाडिको राष्‍ट्रिय राजमार्गमा बस गुड्न थालेको पाँच वर्ष भइसक्यो। गाउँमै पालिका अस्पताल निर्माणाधीन छ। गाउँभरमा व्यावसायिक कागती खेतीको लहरै चलेको छ।

Advertisement

बागलुङको सुदूरपश्‍चिमस्थित निसीखोला गाउँपालिका-४ झिम्पा गाउँका बासिन्दाको सोच अहिले बदलिएको छ। ‘४-५ वर्ष अघिसम्म बसाइँसराइको लहरै आएको थियो, धेरै कमाइ हुनेहरू घर छाडेर मधेश झरे, गाउँका केही घरसमेत खाली भएका थिए,’ स्थानीय प्रमिला मगरले भनिन्, ‘अहिले खाली भएका घरमा समेत मानिस बस्‍न थालेका छन्। काम विशेष, अध्ययन तथा मजदुरीका लागि राष्‍ट्रिय लोकमार्ग आसपासमा बसाइँ सरेरसमेत आउन थाले। पहिला घडेरी किन्‍न तराई सर्नेहरूले अहिले तल्लो झिम्पाको फाँटमा घडेरी किन्‍न थालेका छन्।’

विगतमा मेलापात जानुपर्ने, घाँस दाउराका लागि लेक पुग्‍नुपर्ने अवस्थामा यहाँका बासिन्दालाई दुःख भए पनि अहिले लेक जान छाडिसकेका छन्। ‘पहिलाजस्तो पानी र दाउरा घाँस लिन जानुपर्ने अवस्था छैन। श्रीमानले विदेशमा कमाउनुहुन्छ। त्यही पैसा खर्च गरेर शहरमा कोठा लिएर बस्‍नुभन्दा आफ्नै गाउँमा बस्‍न आनन्द छ। पहिला बसाइँसराइ गरेर गएकाहरू समेत गाउँमा सुविधा थपिएपछि फर्केका छन्,’ मगरले भनिन्।

गाउँको कुनाकाप्चामै सडक पुगेकाले अहिले शहरमा पाइने सुविधा गाउँमै पाइन थालेपछि बसाइँसराइ गर्नेहरू घटेका मात्रै छैनन्, मधेश गएकासमेत गर्मीले शीतल खोज्दै गाउँ फर्किन थालेको स्थानीय चक्रबहादुर रोकाले बताए। उनका अनुसार गाउँबाट १० वर्षअघि बसाइँसराइ गरेर गएका चार परिवार फर्केर गाउँमा आएका छन्।

‘सुविधाका लागि शहर जाने हो। शहरको सुविधा गाउँ आइसक्यो। आँखै अगाडिबाट लामो दूरीका बस नेपालका विभिन्‍न शहरका लागि छुट्छन्। मध्यपहाडी राष्‍ट्रिय लोकमार्ग कालोपत्र भएपछि निसीखोलामा विकासले फड्को मारेको हो। गाउँमै प्लास्टिक टनेलमा तरकारी उत्पादन हुन्छ,’ रोकाले भने, ‘अहिले २० वटा बाख्रा पालेको छु, ५० कागती र ५० सुन्तलाका बोट हुर्कंदै छन्। गरिबहरू बसाइँसराइ गर्ने कुरै भएन। धनीहरूसमेत शहरको जस्तो घर गाउँमै बनाएर बस्‍न थाले।’

झिम्पा गाउँमै १० शय्याको पालिका अस्पताल निर्माणाधीन  छ। अब दैलोमै स्वास्थ्य सेवा पाइनेमा गाउँवासी आशावादी छन्। तराईमा अहिले गर्मीले बस्‍न नसक्ने अवस्था हुँदा गाउँमा शीतल छ। झिम्पामा एक घर एक धारा निर्माण भएपछि शुद्ध खानेपानीको सुविधा थपिएको छ। यसले पनि बसाइँसराइ रोक्न मद्दत पुगेको छ।

गत वर्ष गोर्खा वेलफेयर ट्रस्टले घर-घरमा धारा निर्माण गरेर शुद्ध पानी वितरण गरेको छ। आयोजनामार्फत अहिले ९४ घरमा शुद्ध खानेपानी वितरण भइरहेको झिम्पा खानेपानीका अध्यक्ष चक्रबहादुर रोकाले जानकारी दिए। ‘पानीको संकट थिएन तर अव्यवस्थित थियो, कहिले आउने कहिले नआउने गर्थ्यो। अहिले मुहानमै शुद्धीकरणको व्यवस्था छ, पानी प्रशोधन गर्न मुहानमै व्यवस्थापन भएपछि अहिले घर-घरमा शुद्ध पानी वितरण हुन्छ,’ रोकाले भने, ‘दुर्गम गाउँ झिम्पा अहिले शुद्ध खानेपानी, सडकको पहुँच, दैलोमै राष्‍ट्रिय राजमार्ग आएपछि फेरिएको छ। यहाँका नागरिकले विकासको महशुस गरेका छन्।’

विकास दैलोमै आएपछि गाउँ थप रमाइलो भएको स्थानीय झजी बुढामगरले बताए। आम्दानीको स्रोत भए सुविधा खोज्न शहर जानु नपर्ने बुढामगरले बताए। गाउँमा अहिले आय आर्जनका लागि व्यावसायिक कागती खेती थालिएको छ। अहिले झिम्पा गाउँका घर-घरमै कागती खेतीको लहर आएको छ। यहाँका बासिन्दा परम्परागत खेती छाडेर आयआर्जनका लागि कागतीतर्फ आकर्षित भएको स्थानीय किसान रेमबहादुर क्षत्रीले बताए।

उनका अनुसार अहिले एक घरमा १० देखि चार सय कागतीका बोट लगाउनेहरू छन्। झिम्पा गाउँमा प्लास्टिक टनेलमा व्यावसायिक तरकारी खेती गर्न थालिएको छ। राष्‍ट्रिय सडकको पहुँच पुगेसँगै बजारीकरणको समस्या छैन। सोही कारण गाउँवासी घाँस दाउरा छाडेर व्यावसायिक कागती खेती, सुन्तला खेती, बाख्रापालन तथा तरकारी खेतीमा आकर्षित भएका छन्।

बुधबार, जेठ ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.