• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

लुम्बिनीमा पर्यटक आउँछन्, तर किन बस्दैनन्?


बुधबार, जेठ ३१, २०८० मा प्रकाशित

लुम्बिनी- ‘पसलमा राखिएका हस्तकलाका सामग्रीहरू बिक्री नभएको २० दिन बित्यो,’ लुम्बिनी बसपार्कस्थित सिद्धार्थ ह्यान्डी क्राफ्ट्सका सञ्‍चालक विष्‍णुबहादुर बस्‍नेत भन्छन्, ‘वैकल्पिक व्यवसाय पनि छैन, गुजारा चलाउनै गाह्रो छ।’ व्यवसायको आम्दानीबाट बिजुली, पानी र सटरभाडाको जोहोसमेत गर्न नसकेको उनको गुनासो छ।

Advertisement

पिन्टुलाल बनियालाई पनि होटेल ग्रिन लुम्बिनी भ्यू कसरी सञ्‍चालन गर्ने भन्‍ने चिन्ताले सताएको छ। ‘पाँच करोड लागतमा आठ वर्षअघि निर्मित होटेलको आम्दानीले खर्च धान्‍न छाडेको छ। लगानी त परै जाओस्, सञ्‍चालन खर्च समेत धान्‍न गाह्रो छ,’ उनले भने, ‘मौसमी कमाइले वर्षदिन धान्‍नुपर्ने बाध्यता छ।’ यही अवस्था रहेमा होटल बन्द गर्नुबाहेक उनले अर्को विकल्प देखेका छैनन्।

केही समययता देखिएको आर्थिक मन्दीको असर धेरैतिर परेको अर्का व्यवसायी अब्दुल मोबिन बताउँछन्। ‘केन्द्रीय नहरमा डुंगा चलाउन ठेक्का लिएकै वर्ष कोरोनाले थला पारेको व्यवसाय सुध्रन दुई वर्ष कुर्नुपर्‍यो,’ ठेकेदार (डुंगा सञ्‍चालक) अब्दुल मोबिन मुसलमानले भने, ‘अवस्था सुधारात्मक छ, पर्यटकको संख्या पनि बढ्दो छ तर दुई वर्षको घाटा पूर्तिको विकल्प छैन।’ लुम्बिनीमा बर्सेनि हजारौं तीर्थयात्री पूजा-अर्चना तथा अध्यात्म पाठ गर्न आउँछन्। ठेकेदार मुसलमानले भने, ‘संसारभरका बुद्धमार्गीहरूका लागि पवित्र गन्तव्य लुम्बिनीभित्र प्रवेश, बहिर्गमन मार्ग र व्यवसाय स्थलको तालमेल नमिल्दा लाभ लिन सकिएको छैन।’

सन् २०२३ जनवरीदेखि मेसम्म कूल चार लाख ७० हजार ५४२ पर्यटक लुम्बिनी भित्रिएका छन्। गत वर्ष सन् २०२२ को यसै पाँच महिनामा तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए। यसरी गत वर्षको भन्दा यस वर्षको संख्या एक लाख आठ हजार ४८६ ले बढी रहेको तथ्यांक छ। ‘लुम्बिनीमा पर्यटकको संख्या उल्लेख्य मात्रामा बढे पनि व्यापार भने बढ्न सकेको छैन,’ लुम्बिनी पर्यटन व्यवसायी संघका अध्यक्ष हुसेनी लोधले भने, ‘लुम्बिनीको प्रमुख पर्यटकीय गन्तव्य बुद्ध जन्मस्थल (मायादेवी मन्दिर) देखि बसपार्क छेउमा रहेको हाम्रो व्यवसाय स्थलको दूरी झण्डै दुई किमी छ, जुन त्यसै पनि व्यवसायका लागि हितकर छैन।’

लुम्बिनी घुम्‍न आउने जो सुकैले कम्तीमा एकपटक मायदेवी मन्दिर पस्‍ने नै भएकाले पर्यटन व्यवसायीलाई सोही नजिक व्यवसाय सञ्‍चालन गर्न पुनः व्यवस्था मिलाउनुपर्ने उनको माग छ। अहिलेको व्यवसाय स्थल र पर्यटकको सम्बन्ध व्यावहारिक नरहेको उनको भनाइ छ। ‘०६९ सालअघि मायादेवी मन्दिर नजिक सञ्‍चालनमा रहेका पर्यटन व्यवसाय राम्रै चलेका थिए तर त्यसपछि सञ्‍चालनमा सहज भएको छैन,’ अध्यक्ष लोधले भने।

लुम्बिनी विकास कोषले ०६९ सालमा व्यवसायीको संख्या ३४ बाट बढाएर ७० पुर्‍याई बसपार्क छेउमा ल्याएर राखेपछि नै व्यवसाय बिग्रिएको लोधको भनाइ छ। उनले भने ‘०६९ सालदेखि हामी पीडित छौं, पछिल्लो दुई वर्ष त कोरोनाले भ्यायो। पहिला मायादेवी मन्दिर नजिकको ठाउँमा दैनिक पाँच हजारसम्म व्यापार हुन्थ्यो, अहिले शून्य छ।’ पर्यटक नै नहुने ठाउँमा घाटाको व्यवसाय गर्नुको कुनै औचित्य नरहेको उनको भनाइ छ।

लुम्बिनीका व्यवसायीहरूले यहाँ भ्रमणमा आउने भारतीय पर्यटकहरूबाट खासै लाभ लिन सकेका छैनन्। भारतीय ट्राभल एजेन्सी र टुर गाइडहरू पर्यटकहरूलाई सीधै गाडीबाट ल्याउँछन्। २-३ घण्टा घुमाएर पुनः भारत नै फर्काउँछन्। ‘पर्यटकहरू हुर्रर आउँछन्, मायादेवी मन्दिर दर्शन गर्छन्, फोटो खिच्छन् र उही दिन फर्किहाल्छन्,’ लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवाली भन्छन्, ‘यसरी लुम्बिनी आउने पर्यटकको हुल हेर्ने र संख्या गनेर बस्‍ने मात्रै भयौं, व्यवसायमा सुधार हुन सकेन।’

लुम्बिनी घुम्‍न आउने पर्यटकको बसाइ लम्ब्याउने योजना र वातावरण मिलाउन नेपाल सरकार र लुम्बिनी विकास कोषसँग ज्ञवाली आग्रह गर्छन्। कम्तीमा एक रात मात्रै बसाल्ने वातावरण बनाउन सके पनि धेरै लाभ हुने उनको तर्क छ। ‘भारतीय ट्राभल एजेन्सी र टुर गाइडको भर पर्दा यहाँ भारतीय पर्यटक बस्‍ने वातावरण नबनेको हो,’ ज्ञवालीले भने, ‘त्यसैले बेलहिया आइसकेपछि नेपाली टुर गाइडमार्फत भ्रमण नगराउँदासम्म यहाँ पर्यटकलाई एक रात पनि अड्याउन सकिन्‍न।’

बुद्ध जन्मस्थल लुम्बिनीलाई बुद्धको जीवनीसँग सम्बन्धित तिलौराकोट, रामग्राम र देवदहलाई जोडेर बृहत् आध्यात्मिक केन्द्र र शान्ति शहरको रूपमा विकास गर्न सके पर्यटकको बसाइ लम्ब्याउन सकिने र व्यवसायीले पनि लाभ लिन सक्ने लुम्बिनी बौद्ध विश्‍वविद्यालयका रजिस्ट्रार डा. तिलक आचार्यले बताए। ‘पर्यटकका लागि अत्यावश्यक सामग्रीको सहज उपलब्धता, शान्ति सुरक्षाको प्रत्याभूति तथा आनन्दको अनुभूति दिने खालका आध्यात्मिक वातावरण तथा सोही अनुकूल भौतिक पूर्वाधार सिर्जना गर्न सकियो भने पर्यटन व्यवसाय वृद्धि हुने निश्‍चित छ,’ उनले भने।

‘आन्तरिक र वाह्य दुवै पर्यटकलाई लुम्बिनी आउँदा धेरै दिन भुलाउन मिल्ने छुट्टै आध्यात्मिक वातावरण र भौतिक पूर्वाधार चाहिन्छ,’ लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्व प्रमुख मनमोहन चौधरीले भने, ‘लुम्बिनीको बृहत्तर विकासका लागि यस क्षेत्रका अन्य महत्त्वपूर्ण पर्यटकीय स्थललाई समेत जोडेर ‘टुर प्याकेज’ बनाउन सक्नुपर्छ।’ बौद्धमार्गी भएका विश्‍वका ३० भन्दा बढी देशमध्ये सम्भव भएका देशहरूमा गौतम बुद्ध अन्तर्राष्‍ट्रिय विमानस्थलबाट सीधा उडान भरेर धेरै पैसा खर्च गर्न सक्ने गुणस्तरीय पर्यटक तान्‍न सरकारी पहल आवश्यक रहेको उनले औंल्याए।

लुम्बिनीमा पर्यटकको बसाइँ लम्ब्याउन तीनै तहका सरकारबीच सहकार्य भइरहेको लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष पाण्डेयले बताए। लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी वरपरका पुरातात्त्विक तथा धार्मिक स्थल अवलोकन गराउने वातावरण मिलाउनुपर्ने उनको भनाइ छ।

लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईका अनुसार तेस्रो मुलुकका पर्यटकको बसाइ अवधि भने विगतभन्दा बढ्दै गएर औसतमा १.८८ दिन पुगेको छ।

बुधबार, जेठ ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.