• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

११७ प्रकास वर्ष टाढा जीवनको सम्भावना !


    Avatar photo
बुधबार, जेठ ३१, २०८० मा प्रकाशित

नयाँ अध्ययनले जीवनको सम्भावना रहेको एक ग्रह पत्ता लगाएको छ। ‘ह्वाइट ड्वार्फ’ नाम दिइएको एक तारालाई परिक्रमा गरिरहेको उक्त ग्रहमा जीवन हुन सक्ने खगोलविदको आशा छ।

Advertisement

उक्त ग्रह ‘ह्वाइट ड्वार्फ’ ताराको ‘ह्याबिटेबल जोन’ अर्थात् योग्य क्षेत्रमा पाइएको छ। ‘ह्याबिटेबल जोन’ यस्तो क्षेत्र हो, जहाँ न धेरै गर्मी हुन्छ, न त जाडो नै।

यो अध्ययन बेलायतको रोयल एस्ट्रोनोमिकल सोसाइटीको मासिक सूचनामा प्रकाशित छ। यस अध्ययनको नेतृत्व गरेका युनिभर्सिटी कलेज अफ लन्डनका प्राध्यापक जे फरिहीका अनुसार यो अवलोकन खगोलशास्त्रीहरूका लागि विलकुलै नयाँ हो।

‘कुनै ह्वाइट ड्वार्फको ‘ह्याबिटेबल जोन’मा केही देखिएको यो पहिलोपटक हो,’ उनले भने, ‘त्यस्तो दोस्रो संसारमा जीवनको सम्भावना रहन्छ।’

त्यस्ता धेरै तारा हुन्छन्, जो ‘ब्ल्याक होल’ बन्दै मर्छन्। तर, हाम्रो सूर्यजस्ता साना ताराहरू ‘ह्वाइट ड्वार्फ’ बन्छन्। यी त्यस्ता तारा हुन्, जसले आफूसँग रहेको सबै परमाणु इन्धन उपयोग गरिसकेका हुन्छन् र बाहिरी सम्भावनाबाट पनि टाढा पुगिसकेका हुन्छन्।

सामान्यतया यी तारा ग्रहको आकारमा हुन्छन्। अनि पहिलोपटक गठित हुँदा नीलो-सफेद प्रकाश उत्सर्जन गर्छन्।

जीवनको सम्भावनाको आकलन गरिएको नयाँ ग्रह पृथ्वीबाट ११७ प्रकाश वर्ष टाढा छ। शोधमा सहभागी वैज्ञानिकहरूसँग त्यो ग्रहको अस्तित्वका बारेमा ठोस प्रमाण उपलब्ध छैन। तथापि, ‘ह्वाइट ड्वार्फ’को ‘ह्याबिटेबल जोन’मा हाम्रो चन्द्रमाको आकारका ६५ वटा संरचनाहरूको गतिविधिबाट त्यहाँ ग्रह रहेको संकेत मिलेको छ।

ती संरचनाहरूको एकआपसको दूरी बदलिएको पाइएन। त्यसको अर्थ हो, ती संरचना त्यहाँस्थित कुनै ग्रहको गुरुत्वाकर्षणको प्रभावमा छन्। ‘तिनीहरूको गति यति सटिक थियो कि हामीले त्यसबारे सोचेका पनि थिएनौँ। र, यस तथ्यमा प्रवेश गर्दा हाम्रो टिम स्तब्ध हुन पुगेको थियो,’ प्राध्यापक फरिहीले भने।

उनका अनुसार ‘ह्याभिटेबल जोन’ तारको चौतर्फी यस्तो इलाका हो, जहाँ कुनै ग्रहमा पानी उपलब्ध हुन सक्छ। र, सोही कारण जीवनको सम्भावना रहन्छ।

खगोलविदहरूका अनुसार ताराबाट टाढा रहेको ग्रह अत्यन्त चिसो हुन्छ भने नजिक रहेको ग्रह अत्यधिक तातो। जुन ग्रह ठिक्क बीच भागमा अवस्थित हुन्छ, त्यहाँ न चिसो, न त तातो नै हुन्छ। जीवनका लागि उपयुक्त अवस्थिति हुन्छ।

बुधबार, जेठ ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.