काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट सुन जस्तो देखिने ९९ ग्राम पहेंलो धातुसहित एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ।
Advertisement
काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका-८ स्थायी घर भएका ३३ वर्षीय तिर्थ प्रसाद गौतमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।
दोहाबाट नेपाल एयरलाईन्सको उडानमा काठमाडौं आएका गौतमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले जाँच गर्दा अवैध रुपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको उक्त परिमाणको धातुसहित फेला पारी उनलाई पक्राउ हो।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार
कार्यालय गौचरमा बुझाइएको प्रहरीले बताएकाे छ।