• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

मध्यवर्तीको समस्या : उद्योग खोल्न कसरा धाउनुपर्ने बाध्यता


    Avatar photo
शनिबार, जेठ २७, २०८० मा प्रकाशित

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका बासिन्दाले विभिन्न प्रकारका समस्या झेल्दै आएका छन् ।

Advertisement

मध्यवर्ती क्षेत्रमा किसानले लगाएका बाली वन्यजन्तुले विनाश गर्नु, वन्यजन्तुको आक्रमणमा परी मानवीय क्षति बेहोर्नुपर्ने समस्या छँदै छ । योसँगै मध्यवर्तीका बासिन्दाको अर्को समस्या यस क्षेत्रमा कुनै उद्योग खोल्नुपरे अनुमति लिन चितवनको कसरास्थित चितवन राष्ट्रिय निकुञ्जको कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ ।

नवलपुरमा आठ पालिका रहेका छन् । जसमध्ये पाँचवटा पालिकाभित्रका धेरै भाग चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछन् । मध्यवर्तीका बासिन्दाले सामान्य चिया पसल सञ्चालन गर्नु परे पनि अनुमति लिन कसरा धाउनुपर्ने बाध्यता रहेको उद्योग वाणिज्य सङ्घ नवलपुरका अध्यक्ष वैकुण्ठ अर्यालले बताउनुभयो । यस नीतिले उद्योग स्थापनालाई निरुत्साहित गरेको उहाँको भनाइ छ । पर्यटन तथा उद्योग कार्यालय कावासोतीमा रहेको छ । यसैले आफ्नो शर्तअनुसार उद्योग सञ्चालनको अनुमति दिन सक्ने भए पनि मध्यवर्ती क्षेत्र पर्ने स्थानमा केही गर्नुपरे पहिला कसरा पुग्नुपर्ने बाध्यता रहेको अध्यक्ष अर्यालले बताउनुभयो । “सरकारले रोजगारी सिर्जनाको कुरा गर्छ, तर हाम्रो नियम उद्योग स्थापनालाई प्रोत्साहन गर्ने भएजस्तो पाउँदैनौँ, अहिले नवलपुरको मध्यवर्ती क्षेत्रमा सामान्य चिया पसल खोल्नुपरे पनि कसरा पुग्नुपर्ने बाध्यता छ”, अध्यक्ष अर्यालले भन्नुभयो, “मध्यवर्तीमा रहेको यो नीतिको परिमार्जन आवश्यक छ ।”

नवलपुरको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका साथै विनयी त्रिवेणी गाउँपालिकाको धेरैजसो क्षेत्र मध्यवर्तीको सीमा क्षेत्रभित्र पर्दछन् । राजमार्गदेखि नजिकको र उद्योग स्थापनाका दृष्टिले सहज भएका सबैजसो क्षेत्रमा मध्यवर्तीका कारण उद्योगीले उद्योग स्थापना गर्न नचाहेको सङ्घका अध्यक्ष अर्यालले बताउनुभयो ।

यस क्षेत्रमा जुनसुकै उद्योग स्थापना गर्नका लागि अनुमति लिन चितवन राष्ट्रिय निकुञ्जको कसरा पुग्नुपर्ने हुँदा समस्या हुने गरेको अध्यक्ष अर्यालले बताउनुभयो । सानोतिनो केही उद्योग सञ्चालन गर्छु भन्ने मानिसले मध्यवर्तीको झन्झटका कारण केही नगरी बस्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालका अनुसार मध्यवर्ती क्षेत्रमा उद्योग सञ्चालनका लागि माग आए आफूहरूले सुरुमा मध्यवर्ती सेक्टर कार्यालय पठाउने गरेको बताउनुभयो । सेक्टरले फाइल हेरेर मुचुल्का गरी चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित कार्यालय पठाउन र त्यहाँबाट विभिन्न सर्त राखी सञ्चालनको अनुमति प्रदान गरे ती शर्तसहित कार्यालयका सर्तको समेत पालना गर्ने गरी उद्योग सञ्चालनको अनुमति दिने गरेको उहाँले बताउनुभयो । साना ठूला सबै उद्योग सञ्चालनको अनुमतिका लागि कसरानै पुग्नुपर्ने कार्यालय प्रमुख खनालले बताउनुभयो ।

“चिया पसल, होटल, डेरी, रेष्टुराँ पनि उद्योग नै हुन, ती सबै खोल्नका समेत निकुञ्जको अनुमति चाहिन्छ, निकुञ्जले शर्त तोकी सञ्चालनको अनुमति दिएपछि हामीले दर्ता गर्छौँ”, कार्यालय प्रमुख खनालले भन्नुभयो । उद्योग भनेर आउने सबैले मध्यवर्ती क्षेत्रमा परे चितवनको कसराबाट निकुञ्जको अनुमति ल्याएपछि मात्रै पर्यटन तथा उद्योग कार्यालयले थप प्रक्रिया अघि बढाउने गरेको छ । यस प्रावधानले मध्यवर्ती क्षेत्रमा उद्योग सञ्चालनमा समस्या भएको मध्यवर्ती क्षेत्रका बासिन्दाको गुनासो रहेको छ ।

ठूला उद्योग खोल्ने र सामान्य एउटा कपडा सिलाउने उद्देश्यले टेलर स्थापना गर्न खोज्नेलाई एउटै प्रावधान हुनु व्यवहारिक नभएको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख खनालले स्वीकार गर्नुभयो ।

नवलपुर देशकै मध्यभागमा रहेकाले यहाँ उद्योग स्थापना गरे उत्पादित सामग्री देशको पूर्वी भागदेखि पश्चिमसम्म लैजान सहज हुने भए पनि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका कारण जति उद्योग स्थापना हुनुपर्ने हो त्यति हुन नसकेको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्यालले बताउनुभयो ।

समथर भाग जति मध्यवर्ती क्षेत्र पर्ने र पहाडी क्षेत्रमा पूर्वाधार निर्माण गरी उद्योग स्थापना गर्न लगानी धेरै लाग्ने हुँदा जिल्लामा उद्योगमैत्री वातावरण बन्न नसकेको उहाँको भनाइ रहेको छ ।

शनिबार, जेठ २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.