मुगु- खोलामा माछा मार्न लगाएको करेन्ट आफैलाई लागेर एक युवकको मुत्यु भएको छ।
Advertisement
मुगुको छायानाथ रारा नगरपालिका-१ र ४ स्थित घट्टे खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका-४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो।
ब्याट्री र १२ भोल्टको इन्भर्टर लिएर खोलामा माछा मार्न गएका भामको दिउँसो २ बजेतिर खोलामा करेन्ट लागेर बेहोस भएपछि उनका साथीहरूले जिल्ला अस्पताल ल्याएका थिए। अस्पतालमा पुगेपछि भामको ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ।
माछा मार्न प्रयोग गरिएका ब्याट्री र इन्भर्टर प्रहरीले नियन्त्रणमा लिएको छ। मुगु कर्णाली नदी र यसका सहायक खोलामा माछा मार्नका लागि पछिल्ला वर्षमा करेन्ट प्रयोग बढ्दै गएको छ।