• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

पत्नीको आधा कलेजोबाट पतिले पाए नयाँ जीवन


शनिबार, जेठ २७, २०८० मा प्रकाशित

काठमाडौं- केही महिना अघिसम्म जीवन कति दिन होला भन्ने चिन्तामा रहेका बाबराम विश्वकर्मा दम्पती दोस्रो जीवन पाएको खुशी बोकेर शुक्रबार घर फर्किएका छन्।

Advertisement

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११औं कलेजो प्रत्यारोपण गरिएका बाबुराम विश्वकर्मा कलेजो दान गर्ने आफ्नै श्रीमती आशा सुनार र शल्यक्रिया गरेर सफल उपचार गर्ने चिकित्सकसहितको टोलीसँग खुशी साट्दै सकुशल घर फर्केका हुन्।

कलेजो दाता आशालाई अब श्रीमानको जीवन यति नै हो कि भन्ने चिन्ताले दिनानुदिन सताएको पीडा सफल उपचारपछि घर फर्किंदा सबै पीडा बिर्साएको छ। घर फर्कंदै गरेका विश्वकर्मा आफ्नै कलेजो दान गरेर आफूलाई दोस्रो जीवन दिने श्रीमती आफ्ना लागि जीवनदाता भएको बताउँछन्।

केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठले कलेजो प्रत्यारोपित गरेका विश्वकर्मा र कलेजोदाता सुनार दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताए।

दाङका ४२ वर्षीय बाबुराम विश्वकर्मालाई उनकै ३७ वर्षीया श्रीमती आशा सुनारले आधा कलेजो दान गरेर दोस्रो जीवन दिएकी हुन्। कलेजो ग्रहणकर्ता विश्वकर्मा र कलेजो दाता सुनारले आफ्नै देशको अस्पतालमा यति ठूलो सेवा लिन पाउँदा अत्यन्त खुशी भएको बताए।

देशमै पहिलोपटक कलेजो प्रत्यारोपण, मस्तिष्क मृत्युबाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपणको शुरुआत गर्नका साथै केन्द्र स्थापनाको छोटो अवधिमै अंगदान र प्रत्यारोपण क्षेत्रमा महत्त्वपूर्ण उपलब्धी हासिल भएको डा. श्रेष्ठले बताए।

अंगदान र प्रत्यारोपणमा विश्वको धेरै अंग प्रत्यारोपण गर्ने देशमध्ये नेपाल ९९ प्रतिशतभन्दा बढी सफलताका साथ मृगौला प्रत्यारोपण गर्ने देशका रूपमा स्थापित हुन सफल भएको उनले बताए। केन्द्रले स्थापना भएको १० वर्षको अवधिमा एक हजार ७० जनाको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक गरेको उनले जानकारी दिए।

शनिबार, जेठ २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.