• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

लोकप्रिय हुँदैछ नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेल


शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित

काठमाडौं-  पछिल्लो समय नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेल लोकप्रिय हुँदै गएको देखिन्छ । नेपालमा खासगरी स्केटिङ र स्केटबोर्ड खेल खेलाउन सन् २००८÷०९ देखि अरनिको स्केट शपले नै विदेशी स्वयंसेवक ल्याई नेपाली युवा विद्यार्थीलाई भौतिकरूपमै सिकाउन थालिएको थियो ।

Advertisement

त्यसपछि नेपालमा सन् २०१५ मा ११ सदस्यीय ‘नेपाल स्केटिङ तथा स्केटबोर्डिङ सङ्घ’ तदर्थ समिति गठन गरी यस खेलको औपचारिक सुरुआत भएको देखिन्छ । पचास वर्षभन्दा अघि अर्थात् १९७० मा अमेरिकाको क्यालिफोर्नियाबाट सुरु भएको स्केटिङ खेल संसारभर छिट्टै फैलन सफल भएको छ ।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ सङ्घ’को आज यहाँ भएको पाचौँ महाअधिवेशन उद्घाटनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले यो खेल युवा वर्गले रुचाउने तथा नेपालका लागि नयाँ खेल भएकाले पनि यसलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताए ।

उनले यस खेलमा अन्य खेलको तुलनामा सङ्घ दर्ता गर्ने मात्रैभन्दा पनि युवा सक्रिय भएको देख्दा खुसी लागेको उल्लेख गरे । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले स्केटिङ तथा स्केटबोर्डिङ खेल सुरुआत भएको छोटो समयमै पूर्वाधार निर्माणको सुरुआत भएको उल्लेख गर्दै यो खेल युवा वर्गमाझ लोकप्रिय हुँदै गएको बताए ।

यस खेलको खेलस्थल निर्माण÷भौतिक संरचना निर्माण नेपालमा आधिकारिकरूपमा यस सङ्घको स्थापना भएपश्चात् यस खेलको खेलस्थल (स्केटपार्क) को आवश्यकता महसुस गरी सन् २०१७ मा अमेरिकास्थित यस खेल विकासमा योगदान गर्दै आइरहेको ‘मेक लाइफ स्केट लाइफ’ संस्थाले काठमाडौँको ठमेलमा स्केटपार्क निर्माण गरेको थियो ।

त्यसपछि पोखरा रङ्गशालाभित्र तत्कालीन समयमा सन् २०१८ मा करिब एक करोडको लागतमा अन्तर्राष्ट्रियस्तरको स्केट पार्क निर्माण गरिदिएको र सो स्केटपार्कमा दुई वटा राष्ट्रिय च्याम्पियनसिप समेत सम्पन्न भइसकेको सङ्घका अध्यक्ष अच्युत खनालले जानकारी दिए ।

त्यसैगरी बुटवलको तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको स्केटपार्क निर्माण भइसकेको छ भने काठमाडौँ महानगरपालिकाले हालै मात्र काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको स्केटपार्कको आवश्यकता महसुस गरी करिब रु सात करोड ५० लाख लागतको स्केटपार्क निर्माण गर्न सूचना प्रकाशित गरिसकेको छ ।

नेपालको राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा सहभागिता

सन् २०१६ मा नेपालले अन्तर्राष्ट्रिय स्केटिङ महासङ्घको सदस्यता हात पारेपछि २०१६ देखि हालसम्म नेपाललाई स्केटिङ खेलसँग आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरू अन्तर्राष्ट्रिय कंग्रेसहरू तथा यस खेलसँग सम्बन्धित अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालले निरन्तर सहभागिता जनाइरहेको छ ।

सन् २०१६ मा नेपाललाई स्केटबोर्डमा पहिलोपटक राष्ट्रिय खेलाडी मिलन शाह ठकुरीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित एशियन प्लेट च्याम्पियनशीपको फ्रि स्टाइल स्केटबोर्ड विधामा प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।

सन् २०१७ मा नेपालले चीनमा आयोजना भएको एसियन स्केटबोर्डिङ च्याम्पियनसिपमा दुई खेलाडी मिलन शाह र रोनित देउला र प्रशिक्षकमा उज्ज्वल डङ्गोलले सहभागिता जनाएको सङ्घका सचिव सत्य थापाले जानकारी दिए ।

यसैगरी सन् २०१८ को एसियन गेम्समा नेपालले फ्रि स्टाइल स्केटबोर्ड विधामा सभागिता जनाउने अवसर पाएको र सो प्रतियोगितामा नेपालका तर्फबाट नेरिश थापाले प्रतिस्पर्धा गर्दै १०औँ स्थान हासिल गर्न सफल भएका थिए ।

सङ्घले वार्षिकरूपमा आयोजना गर्दै आइरहेको आफ्नो क्यालेण्डरअनुसारको जिल्ला, प्रदेश तथा राष्ट्रिय स्केटबोर्ड प्रतियोगितहरू नियमितरूपमा आयोजना गर्दै आइरहेको अध्यक्ष खनालले बताए । यसपटक पनि छैटौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता यसै आर्थिक वर्षभित्र गरिसक्ने लक्ष्य लिएको उल्लेख गर्दै उनले करिब ४५ जिल्लामा खेलिँदै आइरहेको दाबी गरे ।

 

 

शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.