काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४१ पैसा कायम गरेको छ।
यस्तै, युरो आज खरिदतर्फ १४१ रुपैयाँ ४३ पैसा र बिक्रीतर्फ १४२ रुपैयाँ ८ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६४ रुपैयाँ ३१ पैसा र बिक्रीमा १६५ रुपैयाँ ६ पैसा तय गरिएको छ।
अस्ट्रेलियन डलर आज १ को खरिदमा ८८ रुपैयाँ ८ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ ७४ पैसा र बिक्रीमा ९९ रुपैयाँ १९ पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ८४ पैसा र बिक्रीमा ९८ रुपैयाँ २९ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९ रुपैयाँ ४७ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ४९ पैसा र बिक्रीमा १८ रुपैयाँ ५७ पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ १५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३१ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३४ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ८९ पैसा र बिक्रीमा २८ रुपैयाँ ६७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा १० रुपैयाँ ११ पैसा र बिक्रीतर्फ १० रुपैयाँ १५ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२८ रुपैयाँ ६५ पैसा र बिक्रीमा ४३० रुपैयाँ ६० पैसा तथा बहराइनको दिनार खरिदमा ३४९ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५१ रुपैयाँ २२ पैसा तय गरिएको छ।