• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

जथाभावी खनिएका सडकले कुरुप बन्दै गाउँ


बिहिबार, जेठ २५, २०८० मा प्रकाशित

बागलुङ– एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्र मोटरबाटोले जोडिएका थिएनन्। बजारबाट सामान ओसारपसार गर्न घोडा, खच्चड र भरियाको प्रयोग गरिन्थ्यो। टाढाको यात्रा पनि हिँडेरै पार गर्नुपर्ने बाध्यता थियो। स्थानीय सरकारको स्थापनापछि सडक सञ्जाल विस्तार पहिलो प्राथमिकतामा पर्ने गरेको छ।

Advertisement

अहिले दूरदराजका गाउँ तथा बस्ती-बस्तीमा सडक पुगेको छ। सडकले ग्रामीण जनजीवनमा आएको परिवर्तनसँगै विनाशको जोखिम पनि बढे्को स्थानीय बताउँछन्। हिउँदको समयमा धमाधम सडक निर्माण हुन्छन्। बर्खाको समय ती सडकमा ठूलाठूला पहिरो जाँदा मानवीय क्षतिका साथै भौतिक सम्पत्तिको ठूलो क्षति हुने गरेको छ।

गाउँमा बनाइने सडक विस्तृत आयोजना प्रतिवेदन(डिपिआए) विना नै निर्माण गरिने भएकाले यसरी निर्माण भएका सडकले गाउँको सुन्दरता घटाएको निसीखोलाका स्थानीय तिलबहादुर पुनमगरले बताए। “बिना इञ्जिनियरिङ धमाधम निर्माण भएका सडकले गाउँको सुन्दरता घटाएको छ भने पर्यावरणमा पनि नकारात्मक असर पुर्‍याइरहेको छ”, उनले भने।

सडकका कारण पछिल्लो समय पानीका मुहान सुक्ने, मौलिक सम्पदा मासिनुका साथै कतिपयलाई घरबारविहीन बनाएको पुनमगरको भनाइ छ। “जिल्लाको १० वटै पालिकामा हरेक वर्ष सडक निर्माणमा करोडौँ बजेट खर्च हुन्छन् तर सडक गुणस्तरीय नहुँदा यातायातका साधन चल्दैनन्। गाडी नगुड्दा स्थानीय पहिलेकै जस्तै पैदल यात्रा गर्नुपर्छ भने दैनिक उपभोग्य सामान पनि बोकेरै ल्याउनुपर्ने बाध्यता छ”, उनले भने।

पुनमगरका अनुसार सडक बाह्रै महिना चल्नुपर्ने भन्दै वर्षमा एकपटक पनि गाडी नगुड्ने माटोरबाटो जिल्लामा थुप्रै छन्। गाउँपालिका तथा नगरपालिकाबाट बजेट पारेर निर्माण भएका धेरै सडक अहिले प्रयोगमा नआएको उनले बताए। उनले गाउँपालिकाले करोडौँ बजेट विनियोजन गरेर गाउँमा सडक खने पनि गाडी भने नचल्दा आफूहरुले सास्ती खेप्नुपरेको बताए।

उपभोक्ता समितिमार्फत निर्माण भएका धेरै सडक बिना नापजाँच खनिएको हुँदा गाडी गुड्ने खालको नभएको पुनको गुनासो छ। “आजभन्दा पाँच वर्ष अगाडि कुनै पनि गाउँमा सडक पुगेको थिएन। अहिले सडक नपुगेको गाउँनै छैन। सडक पुगे पनि धेरै ठाउँमा गाडी चल्दैनन्, दुई/चार घर भएका ठाउँमा पनि सडक पुगेका छन्”, उनले भने, “सडकको स्तरीय निकै कमजोर छन्, साँघुरा र जोखिमयुक्त सडकका कारण गाडी चल्दैनन्, गाउँको तल्लो क्षेत्रसम्म गाडी आए पनि अलि माथिल्लो क्षेत्रमा पुग्दैनन्।”

पुनमगरले गाउँमा सडक आउनु राम्रो भए पनि जथाभावीरुपमा बनाइएका सडकले गाउँको सुन्दरता बिगारेको बताए। जथाभावी खनिएका सडकले खेतीयोग्य जमिन मास्ने र बजेट सक्ने काम मात्र गरेको उनको भनाइ छ। पुनमगरले सडकले पहिलेको तुलनामा आवागमनमा केही सहज भने बनाएको बताए।

पहिले बजारदेखि नुन, चामललगायत दैनिक उपभोग्य सामान ल्याउन घन्टौँ लाग्ने गरेकामा अहिले १५/२० मिनेट बोकेर ल्याउन सकिने उनको भनाइ छ। सडकलाई गुणस्तरीय बनाएर सबै ठाउँमा गाडी सञ्चालन गर्न सके गाउँको विकासमा टेवा पुग्ने पुनमगरले बताए। ढोरपाटन नगरपालिका-९ का तिलबहादुर सुनारले सडकले गाउँलेको दैनिकी नै बदलिएको बताए। उनले गाउँ सडक सञ्जालमा जोडिनुपूर्व दैनिकी कष्टकर भएको सुनाउँदै अहिले धेरै सहज भएको बताए।

सडकका कारण बजारको सेवासुविधा गाउँमा आएको सुनारको भनाइ छ। सडकले विकाससँगै गाउँमा ठूलो विनास पनि निम्त्याएको उनले बताए। अव्यवस्थितरुपमा निर्माण भएका सडकमा हिउँदमा गाडी गुडे पनि बर्खाको समय ठप्प हुने र पहिरोले बस्ती बगाउने गरेको सुनारले बताए। “सडक आवश्यकताभन्दा बढी खनिए, त्यसले गर्दा सडकभन्दा तल पट्टीका धेरै बस्ती बाढी र पहिरोको जोखिममा छन्।

स्थानीय बर्खामा घर छाडेर भाग्नुपर्ने अवस्था छ, पहिले गाउँ निकै राम्रो थियो, खेतीयोग्य जमिन हराभरा थिए, अहिले सडकले गर्दा उराठिलो बनेका छन्”, उनले भने, “तीन/चार वर्ष अगाडि निर्माण भएका सडकमा अझै नाली बनाइएका छैनन्। बर्खाको पानीले सडक क्षत-विक्षत बनाउने र पहिरो जाने समस्या नित्याएको छ।” जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले अव्यवस्थितरुपमा निर्माण भएका सडकले गाउँको सुन्दरतामा दाग लागेको बताए।

स्थानीय पालिकाले सुरुका वर्षदेखि सडक निर्माणमा ठूलो लगानी गरे पनि व्यवस्थित गराउन नसकेको उनको भनाइ छ। अहिले सबै पालिकालाई सडक निर्माण गर्दा डिपिआर तयार गरेर मात्रै निर्माण गर्न आग्रह गरेको प्रमुख थापाले बताउनुभयो। अतिआवश्यक स्थानमा बाहेक अन्य ठाउँमा सडक निर्माण नगर्न पालिकालाई उनलेसुझाव दिए।

“सडक विकासको मुख्य आधार भएकाले सडक विस्तार आवश्यक छ। केही समय अगाडि जथाभावी निर्माण भएका सडकका कारण गाउँ कुरुप बनेका छन्, अब सडकलाई व्यवस्थित गर्न सकिएन भने वातावरणमा ठूलो असर पुग्ने देखिन्छ”, प्रमुख थापाले भने, “हामीले सबै पालिकालाई सडक निर्माण गर्दा डिपिआर तयार गरेर काम गर्न आग्रह गरेका छौँ। गाउँको सुन्दरता, भौगोलिक अवस्था बुझेर मात्रै बाटो खन्न भनेका छौँ।”

बागलुङमा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको करिब एक सय ४२ किलोमिटर खण्ड पर्छ। यस खण्डको अधिकांश भागमा ग्रामीण सडकले असर पुर्‍याएको छ। हिउँदमा निर्माण भएका ग्रामीण सडकबाट बर्खामा भल र लेदोसहित आउने माटोले कालोपत्र भएको लोकमार्गलाई क्षति गर्ने गरेको छ भने सडकभन्दा तलका धेरै बस्ती विस्थापित भएका छन्।

बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.