काठमाडाैं– उपसभामुख इन्दिरा रानाले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्दावली संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएकी छन्।
Advertisement
आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा सांसद डिल्लीराज पन्तले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्दावलीको प्रयोग गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सांसद डिल्लीराज पन्तले बाेलेकाे ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने वाक्यले अन्धा समुदायलाई चोट पुगेको भन्दै संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए।
सांसद ढकालको नियमापत्तिपछि उपसभामुख रानाले सो शब्दावली संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएकी हुन्।