• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

सञ्चालनमा आयाे दिक्तेलकाे ‘फायर हाइड्रेन्ट गेट भल्भ’


बिहिबार, जेठ २५, २०८० मा प्रकाशित

खोटाङ– आगलागीको उच्च जोखिममा रहेको दिक्तेल बजारमा जडान गरिएका अग्नि नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट गेट भल्भ) सञ्चालनमा ल्याइएको छ।

Advertisement

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न दश ठाउँमा दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तरगत जडान गरिएको सो उपकरण आजबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएकोे हो।

दिक्तेल बजारमा आगलागी भएको बेलामा पानीको फोहरा फालेर दमकल सरह उपयोग गर्नेगरी जडान गरिएको सो उपकरणको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले उद्घाटन गरे। खानेपानी आयोजनाको पाइपमा जडान गरिएको सो उपकरणले करिब तीन सय मिटर वरपरको क्षेत्रमा हुने आगलागीका घटनालाई सहजै नियन्त्रण गर्नसक्ने छ।

साँघुरो सडक, जस्तापाताको छाना तथा ढुङ्गा र माटो प्रयोग गरेर बनाइएका पुरानो संरचनाका घर भएका दिक्तेल बजारमा बर्सेनि आगलागीका घटना हुँदा लाखौँको क्षति हुने गरेको छ। हाइड्रेन्ट गेट भल्भ जडान गर्नका लागि नगरपालिकाको तर्फबाट रु १५ लाख र बाँकी सहरी खानेपानी आयोजनाको बजेट लगानी गरिएको छ।

विशेष किसिमको पाइप जडान गरिएको सो उपकरण मार्फत करिब १० मिनेटमै एउटा दमकल (बारुणयन्त्र)मा पानी भर्न सकिनेगरी सञ्चालनमा ल्याइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए।

“नगरपालिका र सहरी खानेपानी आयोजना उपभोक्ता समितिबीचको सहमति अनुसार दिक्तेल बजारको विभिन्न दश ठाउँमा हाइड्रेन्ट गेट भल्भ जडान गरिएको छ”, उनले भने, “पहाडी जिल्लामा दिनानुदिन आगलागीका घटना बढिरहेको बेला दिक्तेल बजारमा जडान गरिएका फायर हाइड्रेन्ट गेट भल्भ सञ्चालनमा ल्याइएसँगै स्थानीय बासिन्दासमेत हर्र्षित भएका छन्।”

दिक्तेल बजारमा २ पुस २०७२ मा रत्नपार्कका व्यापारी हीरालाल पुरीको घरबाट सुरु भएको आगलागीबाट सात स्थानीय बासिन्दाको घरमा क्षति पुगेको थियो। विद्युत् फल्ट भएर सुरु भएको आगलागी नियन्त्रण गर्न तत्कालीन दिक्तेल नगरपालिकाको दमकलमा पानी नहुँदा ठूलो क्षति पुगेको थियो।

दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एवम् शुद्ध पानी वितरण गर्ने लक्ष्यका साथ १४ चैत २०७५ देखि खानेपानी तथा सरसफाइ योजनाको काम सुरु गरिएको थियो। सोही खानेपानी आयोजना अन्तरगत दिक्तेल बजारका विभिन्न ठाउँमा अग्नि नियन्त्रणका लागि फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको हो।

सरकारको ७०, काठमाडौं महानगरपालिकाको नगर विकास कोषमार्फत २० र उपभोक्ताको पाँच प्रतिशत लगानीमा आयोजनाको काम गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष नवराज जोशीले बताए। खानेपानी आयोजनामार्फत मुहान संरक्षण तथा नयाँ मुहान थप, ट्याङ्की निर्माण, घरघरमा नयाँ धारा विस्तार तथा धारामा मिटर जडान लगायतका काम गरिएको छ।

पन्ध्र वडा वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजार तथा बाम्राङका स्थानीय बासिन्दालाई स्वच्छ, सफा र गुणस्तरीय खानेपानी वितरण गर्ने लक्ष्यका साथ रु २२ करोड ५५ लाख ५८ हजार लागतमा खानेपानी आयोजना सञ्चालन गरिएको छ।

आशिष निर्माण सेवा कम्पनीले जिम्मा लिएको उक्त आयोजना सञ्चालनमा आएपछि स्थानीय उपभोक्तालाई राहत मिलेको छ।

बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

भर्खरै

  • १.
    सुनचाँदीको मूल्य बढ्यो

  • २.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ५.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ६.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ७.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.