मेष- आज इर्श्यालु व्यक्तिहरूले सताउन सक्छन्। आम्दानीका स्रोतहरू बढ्ने छन्। परिश्रमको फल प्राप्त हुनेछ। भौतिक साधन जुट्ने योग पनि छ।
वृष- अरूको मुख नताक्नु नै उत्तम हुनेछ। नत्र धोका पाइएला। विभिन्न अवसरले पछ्याएका छन्, तिनलाई प्राप्त गर्ने प्रयास गर्नु होला। आजको दिन धन सञ्चित भने हुने छैन।
मिथुन- आजको दिन धर्मकर्ममा मन जानेछ। दीर्घकालीन लाभको क्षेत्रमा हात हाल्ने समय छ। एउटै कामबाट दोहोरो लाभ प्राप्त होला।
कर्कट- अध्ययन अध्यापनका क्षेत्र सफल रहने छन्। सहयोगीहरूको साथ प्राप्त होला। समयअनुसार चल्ने प्रयास गर्नुभयो भने आजको दिनले भाग्योदय गराउन सक्छ।
सिंह- कामको बोझ बढ्ने सम्भावना छ। अवसर प्राप्त गर्न संघर्ष आवश्यक छ। हठ गर्ने बानी त्याग्नु नै उत्तम हुनेछ। अरूको भर नपर्नु होला।
कन्या- आज मान सम्मान प्राप्त हुने योग छ। कुनै कीर्तिमानी काम सम्पन्न हुने सम्भावना छ। दीर्घकालीन योजनाहरूमा गोपनीयता राख्नु नै उत्तम हुनेछ।
तुला- अधुरा काम सम्पादन गर्न थप प्रयास आवश्यक देखिन्छ। आतिथ्य सत्कार प्राप्त हुन सक्छ। सामाजिक कामतर्फ मन जानेछ। घरेलु कामले पनि लाभ दिलाउलान्।
वृश्चिक- आज प्रशस्त आम्दानी हुने योग छ। व्यापार, व्यवसायले नाफा दिलाउलान्। आजको दिन उपहार पनि प्राप्त हुन सक्छ। धोकेबाजहरूबाट भने सावधान रहनु होला।
धनु- अनावश्यक खर्चले सताउन सक्छ। स्वास्थ्य कमजोर हुन सक्ने भएकाले खानपानमा सजग रहनु होला। अहिले नयाँ काममा हात हाल्ने समय छैन।
मकर- विपरीत लिंगीबाट प्रेम प्रस्ताव आउन सक्छ। नयाँ काम प्रारम्भ गर्ने योग छ। प्रतिस्पर्धीहरूको चलखेल बढेको छ, सजगता अपनाउनु होला। कुनै कीर्तिमानी काम सम्पन्न हुन सक्छ।
कुम्भ- नयाँ व्यवसायमा लगानी बढाउने योग छ। अपेक्षा गरिएका कामहरू फटाफट सम्पादन हुनाले मन प्रशन्न रहला। आजको दिन सुखमय बित्ने छ।
मीन- टाढिएका साथीभाइ नजिकिने छन्। टाढाको यात्रामा निस्किनुपर्ने हुन सक्छ। अध्ययन अध्यापन सफल रहने छन्। वैदेशिक रोजगारीमा हुनु हुन्छ भने राम्रो लाभ प्राप्त हुन सक्छ।