नयाँदिल्ली– भारत उत्तर प्रदेशको राजधानी लखनऊमा अदालतभित्रै वकिलको भेषमा आएका व्यक्तिले एक ग्याङस्टारलाई गोली प्रहार गरी हत्या गरेका छन्।
Advertisement
लखनऊका कुख्यात ग्याङस्टार सञ्जीव माहेश्वरी जीवाको हत्या भएको हो। प्रहरीले उनीमाथि गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ।
जीवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। हत्या गरिएका जीवा मुख्तार अन्सारी नामक अर्का ग्याङस्टार निकटस्थ थिए। घटनामा दुई प्रहरी र अदालतमा उपस्थित अन्य पनि घाइते भएका छन्।
हत्या गरिएका जीवा भाजपा नेता ब्रह्मदत्त द्विवेदीको हत्याका अभियुक्त थिए। उनलाई बुधबार पेशीका लागि अदालतमा लगिएको थियो। सोही क्रममा उनको हत्या भएको हो।