काठमाडौं- आगामी २४ घण्टामा पनि देशभर अत्यधिक गर्मी हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ।
Advertisement
विभागका अनुसार तराई क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिएको छ। त्यसका कारण तराईमा तातो हावा (लू) चल्ने विभागले जनाएको छ।
पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना देखिएको छ।
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने विभागले जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै तथा बाँकी प्रदेशका पहाडका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
आज राति पहाडी भेगमा आंशिक बदली रही बाँकी इलाकामा मौसम सफा रहने पूर्वानुमान छ।