ताप्लेजुङ- जिल्लाको मेरिङ्देन गाउँपालिका-४ लिङ्तेपमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ। स्थानीय श्रीमान् लिम्बूको घर आगलागीले जलेर नष्ट भएको हो।
Advertisement
आइतबार दिउँसो घरमा कोही नभएको समयमा भएको आगलागीबाट टिनको छानो भएको कच्ची घर जलेको मेरिङ्देन गाउँपालिका अध्यक्ष डम्बर हांगामले जानकारी दिए। समयमै आगो नियन्त्रण नहुँदा घरसहित घरभित्र रहेका सम्पूर्ण घरायसी सामान पूर्ण रूपमा जलेका छन्। क्षतिको यकिन विवरण आएको छैन।
आगलागीबाट मानवीय क्षति भने भएको छैन। आगलागी पीडित परिवारलाई गाउँपालिकाले केही नगदसहितका राहत सामग्री वितरण गर्ने तयारी भएको अध्यक्ष हांगामले बताए। विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने अनुमान गरिएको छ।