बेइजिङ- चिनियाँ अधिकारीहरूले दक्षिण-पश्चिमका चोङकिङ, सिचुआन र गुइझोउ तथा उत्तर-पश्चिमको सान्सी क्षेत्रमा अत्यधिक वर्षा हुने चेतावनी जारी गरेका छन्।
Advertisement
त्यसलाई उनीहरूले सम्भावित भूगर्भीय प्रकोप नाम दिएका छन्। तथापि, यो रातो नभई पहेंलो रंगको चेतावनी हो।
प्राकृतिक सम्पदा मन्त्रालय र मौसम प्रशासनले ती क्षेत्रहरूमा हिजो राति ८ देखि आज राति ८ बजेसम्म वर्षाका कारण हुने भूगर्भीय प्रकोपको जोखिमबारे चेतावनी दिएका छन्। स्थानीय बासिन्दाहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ।
चीनसँग भूवैज्ञानिक प्रकोपहरूका लागि तीन स्तरका रङ–कोड गरिएको मौसम चेतावनी प्रणाली छ। रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्छ, सुन्तला र पहेंलो रंगले कम खतराको सकेत गर्छन्।