हङकङ- यस वर्षको पहिलो पाँच महिनामा एक करोडभन्दा बढी पर्यटकले हङकङ भ्रमण गरेका छन्।
Advertisement
सन् २०२३ को उत्तरार्द्धमा पर्यटन पुनरुत्थानका लागि सकारात्मक दृष्टिकोणको संकेत गरेको हङकङ पर्यटन बोर्ड (एचकेटीबी) ले बताएको छ।
एचकेटीबीको तथ्यांकअनुसार मे महिनामा चीन र दक्षिणपूर्वी एसियाबाट आउने आगन्तुकहरूको संख्या महामारीपूर्वको स्तरको ६० प्रतिशतभन्दा बढी पुगेको छ।
चीनबाट हङकङ प्रवेश गर्ने अधिक पर्यटकहरूले उच्च गतिको रेल लिंकको प्रयोग गरेका थिए। पर्यटकमध्ये २० प्रतिशतले रेल सेवा छनोट गरेका थिए।
एचकेटीबीले विश्वभरका आगन्तुकहरूलाई आकर्षित गर्न वर्षको उत्तरार्द्धमा सात प्रमुख कार्यक्रमहरू शुरु गर्नेछ, जसमा चार वर्षको अन्तरालपछि जुन २४ देखि २५ सम्म हङकङ अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’को आयोजना पनि समावेश छ।