काठमाडौं- भारतीय आयल निगम (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ।
Advertisement
नेपाल आयल निगमका अनुसार अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा र डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको छ। हवाई इन्धनको मूल्य भने प्रतिलिटर ७ रुपैयाँ घटेको छ।
इन्धनको भाउ बढे आए पनि हाललाई नेपालमा मूल्यवृद्धि नगर्ने तयारीमा निगम देखिएको छ। नेपाल आयल निगमलाई आईओसीले १५-१५ दिनमा इन्धनको मूल्य सूची पठाउँछ। सोहीअनुसार अघिल्लो पटकको तुलनामा मूल्य सामान्य बढेर आएको हो।
हाल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १७५ तथा डिजेल र मट्टितेल १५५ रुपैयाँमा बिक्री गर्दै आएको छ।