काठमाडाैं– हैदरावाद हाउसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीकाे समुपस्थितीमा नेपाल र भारतबीच विभिन्न सम्झौता भएका छन्।
हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गर्दै दुई देशबीच ट्रान्जिटलगायतका कनेक्टिभिटीका केही महत्वपूर्ण सम्झौता भएका छन्।
यस्ताे छ सम्झौता, शिलान्यास र परियोजना उद्घाटनकाे सूची
शिलान्यास
-सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास
-अमलेखगञ्जदेखि चितवनको लोथल सम्म पेट्रोलियम पाईपलाईनको शिलान्यास
-गोरखपुर-न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाईन शिलान्यास
उद्घाटन
-बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन
-नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्ट उद्घाटन
समझदारी
– सिलीगुड़ी-झापा पेट्रोलियम पाइपलाईन निर्माण कार्यको समझदारी
-क्रस बोर्डर पेमेन्ट समझदारी
हाईड्रोपावर
-तल्लो अरूण हाईड्रोपावर
-फुकोट कर्णाली हाइड्रोपावर