काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम गरेको छ।
यस्तै, युरो आज खरिदतर्फ १४१ रुपैयाँ ३ पैसा र बिक्रीतर्फ १४२ रुपैयाँ ६७ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६३ रुपैयाँ २८ पैसा र बिक्रीमा १६४ रुपैयाँ २ पैसा तय गरिएको छ।
अस्ट्रेलियन डलर आज १ को खरिदमा ८५ रुपैयाँ ५४ पैसा र बिक्रीमा ८५ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ७४ पैसा र बिक्रीमा ९७ रुपैयाँ १८ पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९३ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९ रुपैयाँ ४८ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ५८ पैसा र बिक्रीमा १८ रुपैयाँ ६६ पैसा तय गरिएको छ।
साउदी रियाल खरिदमा ३५ रुपैयाँ २१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३७ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ २४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४१ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ६१ पैसा र बिक्रीमा २८ रुपैयाँ ७४ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९६ पैसा र बिक्रीतर्फ १० रुपैयाँ कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२९ रुपैयाँ ११ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ६ पैसा तथा बहराइनको दिनार खरिदमा ३५० रुपैयाँ ३० पैसा र बिक्रीमा ३५१ रुपैयाँ ८९ पैसा तय गरिएको छ।