मेष- पारिवारिक सुख मिल्ने छ। अर्थिक लाभका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ। शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नु होला।
वृष- आकस्मिक सफलता र असफलता दुवै मिल्ने याेग छ। गरेका कामहरू सफल हुने र अधुरा कामहरू पनि बन्ने छन्। पैसा अनायसै खर्च हुने याेग छ।
मिथुन- वादविवाद हुन सक्छ। राम्रो समय छैन, होस पुर्याउनु होला। स्वास्थ्यले साथ नदिन सक्छ। झैझगडाको सम्भावना छ, मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहनुहाेला।
कर्कट- घर परिवारमा खटपट हुनुका साथै व्यावहारिक समस्याले सताउने छ। कामहरू अधुरै रहनाले मन खिन्न होला। केहीले सम्मान गर्नेछन्, केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ।
सिंह- दिन रमाइलोका साथ बित्ने छ। सामान्यतया दिन राम्रो छ। केही नयाँ काम थाल्ने समय छ। धार्मिक काममा सहभागी हुनाले मन रमाउनेछ।
कन्या- दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ। सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ। कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ। सोच्दै नसोचेको ठाउँबाट आर्थिक लाभ हुने समय छ।
तुला- रोगका कारणले धनको पनि नाश होला। गरेका कार्यहरू हतपत नबन्ने साथै बनिहाले पनि मिहिनेतअनुसारको फल नपाइने योग छ।
वृश्चिक- आफन्तले सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थाल्ने छन्। आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ।अन्न तथा धनको पनि लाभ होला।
धनु- यात्राको योग छ। सुख शान्ति पाइने छ। धैर्यको मात्रा बढाउन सके धेरै राम्रो समय छ। परिश्रम गर्न सके खेर जाँदैन। यात्रा पनि होला।
मकर- साथी, घर परिवारबाट सुख शान्ति पाइने छ। अनौठो र लाभदायक यात्राको योग छ। कृषि कर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ।
कुम्भ- सुख शान्ति पाइने छ। दिएको पैसा पनि फिर्ता नहुने योग छ। परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यावहारिक काममा कठिनाइ हुनेछ। सामान्य रोगले पनि सताउला।
मीन- काममा मन नजान सक्छ। सोचेको काम पूरा नहुन सक्छ। परिवारबाट सुख मिल्ने दिन छ। प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केही सुधार आए पनि मानसिक तनाव नहाेला भन्न सकिन्न।