मेष– नयाँ कामको थालनी गर्दा राम्रो हुने याेग छ। काम गर्ने जाँगर भए आर्थिक लाभ होला। व्यापार व्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ।
वृष– अनावश्यक डर लाग्ने र कसैसँग हल्का मनमुटाव पनि होला। स्वास्थ्यमा अचानक गडबडी आउन सक्छ।
मिथुन– नोकरी तथा राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। धन, मान पाइनेछ।
कर्कट– आज सोचेका काम पूरा हुने र सुखको अनुभव हुने दिन छ। दाम्पत्य जीवन सुखमा रमाउने समय छ। कृषि, परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ।
सिंह– नसोचेको ठाँउबाट आकस्मिक लाभ हुन सक्छ। आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ। अतिथिका रूपमा सम्मान पाइने, विभिन्न उपहार पाउने याेग छ।
कन्या– पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा विचार पुर्याउनु होला। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला।
तुला– रोकिएका काम फेरि शुरु हुन सक्छन्। अन्नको लाभ पनि होला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ। कसैबाट समर्थन एवम् धन पाइन सक्छ।
वृश्चिक– आज चिताएको काममा सफलता पाइनेछ। धन लाभ पनि हुने दिन छ। पुराना साथीसँग भेटघाट हुने छ। आज अनौठो तरिकाबाट धन प्राप्त हुन सक्छ।
धनु– यात्राको योग छ। आकस्मिक पैसा कमाइने छ। आज रमाइलो यात्राको पनि योग छ। हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ।
मकर– साथै, भौतिक सरसामानको पनि क्षति, खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। होस पुर्याउनु होला।
कुम्भ– आफन्तको सहयोग प्राप्त हुने छ। नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ।
मीन– आजको दिन पैसा कमाउने र आम्दानीका बाटाहरू खुल्ने याेग छ। व्यापार व्यवसायले साेचेजस्ताे प्रतिफल दिने छन्।