• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

नमोबुद्ध र बेथानचोक बजारमा निःशुल्क इन्टरनेट


मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित

काभ्रे– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाको मुख्य बजार क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा सुरु गरिएको छ। आमनागरिकलाई गाउँ गाउँमै इन्टरनेट सेवा उपलब्ध गराउने उद्धेश्यले ती पालिकाको समन्वयमा बजार क्षेत्र र वडाको निश्चित स्थान चयन गरी निःशुल्क वाइफाइको व्यवस्था गरिएको हो।

Advertisement

नमोबुद्धले नगरको मुख्य चोक क्षेत्रमा निःशुल्क इन्टरनेट चलाउन पाउने गरी व्यवस्था मिलाएको जनाएको छ। नगरप्रमुख कुन्साङ लामाले आफ्नो क्षेत्रलाई निःशुल्क वाइफाइ क्षेत्र बनाउने उद्देश्यले पहिलो पटक बजार क्षेत्रमा सो सेवा विस्तार गरिएको बताए। वर्ल्ड लिकं कम्युनिकेशनसँगको सहकार्यमा नगरपालिकाले विपी राजमार्गको बुच्चकोट बजार क्षेत्रदेखि भकुण्डे बजार क्षेत्र, बुद्धचोक, जगवैद्येश्वर मन्दिर क्षेत्र, नौबिसे चोकलगायत सात स्थानमा फ्रि वाइफाईको व्यवस्था गरिएको हो।

वर्ल्ड लिङ्कका वाग्मती प्रदेश व्यवस्थापक निकेश अधिकारीले नगरपालिकासङगको समन्वयमा बजार क्षेत्रमा निःशुल्क फ्रि वाइफाइको सेवा विस्तार भइसकेको बताए। अहिले जोडिएका ठाउँमा भनेजस्तो सेवा प्राप्त गर्न नसके तत्काल गुनासोका सम्बोधन गर्नाका साथै धेरै स्थानमा सेवा विस्तार गर्दै जाने उनले बताए। सेवा प्रवाहका क्रममा केही समस्या आए तत्काल परिमार्जन गरिने व्यवस्थापक अधिकारीले जानकारी दिए।

नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेका अनुसार एक पटक जडान गरेपछि पाँच वर्षसम्म सेवा लिन सकिने डिभाइसको व्यवस्था गरिएको छ। त्यसका लागि आवश्यक उपकरणको व्यवस्था पनि नगरपालिकाले गरेको छ। नगरले छिट्टै दाप्चा बजार क्षेत्र र नमोबुद्ध गुम्बा क्षेत्रमा पनि निःशुल्क वाइफाइ विस्तार गर्ने तयारीमा रहेको जनाएको छ।

त्यसैगरी बेथानचोक गाउँपालिकाले पनि सबै वडामा निःशुल्क इन्टरनेट सेवा सुरु गरेको छ। ‘डिजिटल बेथानचोक’ नारासहित पहिलो पटक सबै वडाको निश्चित् स्थान चयन गरी निःशुल्क वाइफाइको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बताए। इन्टरनेट सेवा प्रदायक अल्ट्रानेटसँग सम्झौता भएको र ती क्षेत्रमा २० एमबिपिएसको डेडिकेटेड इन्टरनेटको वाइफाइ छोडिएको जनाइएको छ। हरेक युग सूचना प्रविधिकै युग भएकाले निःशुल्करुपमा इन्टरनेट चलाउन पाउने व्यवस्था गरिएको उनले बताए।

गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले छ वटा वडाको सबैलाई पायकपर्ने स्थानलाई निःशुल्क वाइफाइ क्षेत्र बनाइने जानकारी दिए। इन्टरनेट सेवा चालु भएपछि स्थानीयवासीले सहजै वाइफाइ जोड्न फ्रिओटीपी सिस्टमबाट पासपोर्ट नै नचाहिने गरी सेवा लिनसक्ने छन्।

मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.